१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
अजाज अस्रफ
२o८१ बैशाख २२ शनिबार o७:o७:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

प्रमाणहीन टिप्पणी र जेल सजाय

Read Time : > 2 मिनेट
अजाज अस्रफ
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:o७:oo

पाब्लो नेरुदाले आफ्नो कविता ‘प्रेम र विरह’मा ‘आजको साँझ सबैभन्दा वेदनायुक्त पंक्तिहरू लेख्न सक्छु’ लेखेका थिए । बनोज्योत्सना लहिरीले पनि १३ सेप्टेम्बर २०२० को साँझ जब विद्यार्थी नेता र प्रेमी उमर खालिदलाई उत्तरपूर्वी दिल्लीमा दंगा भड्काउन षड्यन्त्र रचेको आरोपमा गिरफ्तार गरेपछि सबैभन्दा वेदनायुक्त पंक्तिहरू लेख्न सक्थिन् । धेरैले उमरविरुद्ध लगाइएको अभियोगलाई हास्यास्पद लागेको थियो । तर, यिनका विचारले केही फरक परेन र उमरलाई बनोज्योत्सनाबाट खोसेर तिहाड जेलमा जाकियो । खालिदले दिल्ली अदालतमा जमानतका लागि आवेदन दिए । आठ महिनाको बहसपछि फेब्रुअरीमा अदालतले फैसलालाई थाती राख्यो । के उमरले जमानत पाउलान् ? ओछ्यानमा कोल्टे फेर्दै गर्दा आशाले उत्कण्ठासँग बाझाबाझ गथ्र्यो । रात निकै बोझिला हुन्थे । र, १५ दिनअगाडि उमरलाई स्वतन्त्रताबाट वञ्चित गरियो । तैपनि, बनोज्योत्सनाले सबैभन्दा वेदनायुक्त पंक्तिहरू लेखिनन् । 

कफिगफमा बनोज्योत्सनाले ‘म बलियो नभईकन बाँच्नै सक्दिनँ’ भनेकी थिइन् । हामी बसेको नजिकैको बगैँचामा एक यौवनजोडी आलिंगनमा बाँधिएका थिए ।   
जब–जब बनोज्योत्सना मटन वा चिकेन वा माछाको परिकारको स्वाद लिन्छिन्, उनी ग्लानि महसुस गर्छिन्, किनभने तिहाड जेलमा शाकाहारी खानालाई मात्रै अनुमति छ । उमरलाई मासु साहै्र मनपर्छ र उसका स्वतन्त्रताका दिनमा पिज्जाजस्ता जंकफुड अघाऊन्जेल खान्थ्यो । जब सन् २०२० को अगस्टमा उमरलाई सोधपुछका लागि बोलाइयो ऊ गिरफ्तार हुनेमा ढुक्क थियो र उसले स्वतन्त्रताको अन्तिम भोजनमा ‘ह्वाइट सससँग चिकेन पास्ता’ अर्डर गरेको थियो । 

फ्रेन्च राष्ट्रपति फ्रान्स्वाँ मितेराँको अन्तिम भोजन सम्झिन्छु । क्यान्सरबाट आक्रान्त मितेराँले संसार छोड्नु केही दिनअघि आफ्ना साथी र परिवारलाई भोज खुवाएका थिए । मेनुमा ओएस्टर्स, फोई ग्रास (हाँसको कलेजो), केपन (खसी पारिएको घरेलु कुखुरा) र ओर्टोलनको सेकुवा समाविष्ट थियो । सो भोजमा मितेराँले ‘जीवनको एक मात्र रोचक कुरो भनेको बाँच्नु हो’ भनेका थिए ।

उमर मासुका पकवानविना मात्रै नभई पूरा जोशका साथ घेराबन्दीको स्वतन्त्रतामा मितेराँले भनेको ‘रोचक कुरा’ गरिरहेका छन् । बनोज्योत्सना उसलाई हरेक महिना तिहाडमा दुईपटक भेट्छिन् । हरेक भेटमा सिसाको पर्दाबाट उनी उमरलाई बिस्तारै हिँड्दै गरेको देख्छिन् जहाँ उमर तमिलनाडुका प्रहरी अधिकारीसँग तमिल भाषामा बातचित गरिरहेको हुन्छ । सुरु–सुरुमा बनोज्योत्सनालाई आफूलाई सहज पार्न, उमरले त्यसै बोल्दो होजस्तो लाग्थ्यो । ‘तर, ती अधिकारी उमरलाई जवाफ फर्काउँथे,’ बनोज्योत्सना भन्छिन् । उसो त उमर केही समययता तमिल भाषा सिकिरहेका थिए ।

‘राष्ट्रलाई झुकाउन दंगा भड्काउनुस् : उमर’ व्यहोराको शीर्षक पहिलो पृष्ठमा छापिँदा उनी निराश भएका थिए । यस टिप्पणीलाई पुष्टि गर्ने प्रमाण कहीँ कतै छैन, तैपनि यसै टिप्पणीका आधारमा उनलाई जेलमा जाकिएको छ ।

बनोज्योत्सनाले उमरसँग हरेक साता १५ मिनेट भिडियो कल गर्न र दैनिक पाँच मिनेट टेलिफोन वार्ताका लागि समय पाएकी छिन् । घडीको सुई हेर्दै कुरा गर्नु साहै्र अप्ठ्यारो काम हुँदोरहेछ । उमर कहिल्यै अन्यायबाट हतोत्साही भएका छैनन् । उनी सामाजिक सञ्जालका गसिप, ट्रेन्डबारे चाख राख्छन् र वेला–वेलामा ठट्टा पनि गर्छन् । बनोज्योत्सना र उमर किताबबारे छलफल गर्छन् । हरेकपटक फोनवार्ता नटुंगीकन समाप्त हुन्छ र कुरा अर्को दिनका लागि थाती रहन्छन् । सम्भवतः अहिले यस्तो समय हो, जब बनोज्योत्सना सबैभन्दा वेदनायुक्त पंक्तिहरू लेख्न सक्छिन् । तर, उनी आफ्नो आत्मालाई विचलित हुन दिन्नन् र उमर आफ्नो बौद्धिक लक्ष्यबाट तृप्त भएका छैनन् । 

उमरले सन् २०२० सेप्टेम्बरदेखि एक सय दुईवटा पुस्तक पढिसकेका छन् । उमरका संकलनमा रोमिला थापर, रामचन्द्र गुहा, मुसिरुल हसन, एरिक हबस्वाम, गान्धी, आकार पटेल, मार्गरेट एटबुड, अरुन्धती रोय, एन्नी जैदीका पुस्तक एवं उपन्यास छन् । जब मैले उनको संकलनमा जेलमा ट्वाइलेट–पेपरमा उपन्यास लेखेका न्गुगी यो थ्योंगोका उपन्यास देखेँ तब मेरो मनमा के उमरले जेल डायरी लेख्लान् ? भन्ने प्रश्न उठ्यो । केही प्रकाशकले लेखून् भन्ने चाहन्थे र बनोज्योत्सनासँग सम्पर्क पनि गरेका थिए । ग्याब्रियल गार्सिया मार्केजको ‘लभ इन द टाइम अफ कोलेरा’ पुस्तक पनि उमरको संकलनमा देखेको थिएँ र म घोत्लिन्छु के उनको स्मृतिको शीर्षक ‘लभ इन द टाइम अफ हिन्दुत्व’ होला ? 

नयाँ–नयाँ साथी बनाउने खुसमिजास उमरका थोरबहुत निराशा छन् । केही हिन्दी दैनिकले सरकारी वकिलको दलिल अर्थात् ‘राष्ट्रलाई झुकाउन दंगा भड्काउनुस् : उमर’ व्यहोराको शीर्षक पहिलो पृष्ठमा छापिँदा उनी निराश भएका थिए । यो तथाकथित टिप्पणीलाई पुष्टि गर्ने प्रमाण कहीँ कतै छैन, तैपनि यसै टिप्पणीका आधारमा उनलाई जेलमा जाकिएको छ । उसका जेलका साथीले ‘उमर, तिमीले दंगा सुरु गरेका हौ ?’ भनेर सोधेका पनि थिए । ऊ हालैको हिजाब फैसलाबाट दुःखी भएको छ र कर्णाटकका महिलामाथि भएको अन्याय आफूमाथि भएको अन्यायसँग जोड्छ । तैपनि बनोज्योत्सनाले सबैभन्दा वेदनायुक्त पंक्तिहरू लेख्न अस्वीकार गरेकी छिन् ।  

  जब म बनोज्योत्सनासँगको कफिगफ सकेर बिदा माग्दै थिएँ संयोगले एकजनाले मलाई रिचर्ड होवार्डको कविता ‘अन एराइभल’ पठाएका थिए । फरक सन्दर्भमा लेखिए पनि ‘बिहानसम्म प्रतीक्षा सकिनेछ, यो कविता अहिलेसम्मकै उत्कृष्ट कविता हुनेछ, र यो कविता कहिल्यै लेखिएको हुनेछैन’ यी कविताका पंक्ति म बनोज्योत्सनामा समर्पण गर्न चाहन्छु । निर्दयी राज्यले गराएको विरहलाई अनुग्रहसाथ सामना गर्नु एक यस्तो उदात्त एवं प्रेरणादायी कविता हो जसमा शब्द कोरिएका छैनन् ।
मिड डेबाट 

(अस्रफ भारतका वरिष्ठ 
पत्रकार हुन्) 

 

ad
ad