१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
रञ्जन भण्डारी महाेत्तरी
२o८१ जेठ ५ शनिबार १२:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महोत्तरीमा १७ वर्षीय युवक अपहरणमुक्त

Read Time : < 1 मिनेट
रञ्जन भण्डारी, महाेत्तरी
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १२:२२:oo

अपरिचित मान्छेको अपहरणमा परेका महोत्तरीका एक युवकलाई प्रहरीले अपहरणमुक्त गराएको छ। औरही नगरपालिका वडा नम्बर ३ घर भई हाल जनकपुर नगरपालिका आनन्दनगरमा डेरा गरी बस्दै आएका १७ वर्षीय अमनकुमार यादवलाई प्रहरीले सकुशल अपहरणमुक्त गराएको हो।

ती युवक एसइईपछि जनकपुरमा ब्रिज कोर्स गर्दै आइरहेका थिए। बिहान ३ /४ बजेको समयमा अपरिचित समूह आएर उनलाई कुटपिट गर्दै अपहरण गरेपछि सोही घरमा बस्ने अन्य व्यक्तिले अमनकुमारको घरमा जानकारी गराएका थिए। त्यसपछि अमनकुमारको परिवारले प्रहरीलाई तुरुन्तै सम्पर्क गरे। नेपाल-भारतको सिमानामा पुगेपछि अपहरणकारी भ्यान छोडेर भागेपछि  धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराजा कडरिया र एसपी भुवनेश्वर तिवारीको नेतृत्वले उनलाई उद्धार गरेको हो।

 अहिले ती युवकलाई प्रादेशिक अस्मापतालमा सामान्य चेकजाँचपछि अनुसन्धानका लागि जनकपुर लगिएको छ। अपहरण कसले र किन गर्‍यो भन्ने कुराकाे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

ad
ad