Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ पौष २० मंगलबार १९:१८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

२९औँ त्रिवेणी कप : काठमाडौंको श्रीभगवती र लमजुङको बिवाइसी फाइनलमा भिड्दै

Read Time : < 1 मिनेट
२०७८ पौष २० मंगलबार १९:१८:००

लमजुङको सदरमुकाम बेँसीसहरमा जारी २९औँ त्रिवेणी कप प्रतियोगितामा श्रीभगवती टोखा काठमाडौं र बुद्ध युथ क्लब भोडेवडार लमजुङ फाइनालमा प्रवेश गरेका छन् । बेँसीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा मंगलबारको पहिलो सेमिफाइनल खेलमा आयोजक त्रिवेणी युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै श्रीभगवती टोखा फाइनलमा प्रवेश गरेको हो ।

यस्तै, बिवाइसी भोटवडार पनि समाज कल्याण युवा क्लब काठमाडौंलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

फाइनल खेल बुधबार दिउँसो १ बजे हुने त्रिवेणी युवा क्लबका अध्यक्ष विनोद गुरुङले बताए। त्रिवेणी युवा क्लबको आयोजनामा गत १२ पुसदेखि बेँसीसहरको सहजी खेलमैदानमा जारी राष्ट्रव्यापी प्रतियोगितामा १८ टोली सहभागी छन् ।

प्रतियोगिताको  विजेताले ५ लाख, त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र पाउनेछ । उपविजेताले ३ लाख, रजत पदक र प्रमाणपत्र पाउनेछ। सेमिफाइनल पुगेका २ टोलीलाई नगद ५०–५० हजार दिइने आयोजकले जनाएको छ। आयोजकका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई १५–१५ हजार रुपैयाँ प्रदान गरिनेछ ।