१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १९ सोमबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष १९ सोमबार १५:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय समितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गराउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष १९ सोमबार १५:३८:oo

नेपाल सांस्कृतिक संघले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गर्न माग गरेको छ। संघका प्रवक्ता महेश प्रसाईंले सोमबार एक विज्ञप्ति जारी गर्दै समावेशी र समानुपातिक सिद्धान्तको प्रमुख सूत्रधारका रूपमा रहेको कांग्रेसले समावेशी र समानुपातिक सिद्धान्तलाई प्रतिबिम्बन गराएबमोजिम सांस्कृतिक क्षेत्रलाई पनि यथोचित रूपमा प्रतिनिधित्व गराउन माग गरेका छन्।

संघले समावेशी र समानुपातिक सिद्धान्तलाई अवलम्बन गर्दै गर्दा कांग्रेसले सांस्कृतिक क्षेत्रलाई कहीँकतै प्रतिनिधित्व नगराइएको भन्दै उक्त क्षेत्रलाई पनि प्रतिनिधित्व गराउन पार्टीको ध्यानाकर्षण गराएको हो।

ad
ad
ad
ad