मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १९ सोमबार
  • Thursday, 19 December, 2024
इज्रा क्लेन
२o७८ पौष १९ सोमबार १२:५o:oo
Read Time : > 10 मिनेट
टर्निङ प्वाइन्ट्स-२०२२ प्रिन्ट संस्करण

अराजकतावाद, जलवायु परिवर्तन र आणविक युद्धबारे नोम चोम्स्की

Read Time : > 10 मिनेट
इज्रा क्लेन
नयाँ पत्रिका
२o७८ पौष १९ सोमबार १२:५o:oo

इज्रा क्लेन-नोम चोम्स्कीलाई तपाईँ वामपन्थको एउटा धाराको प्रतीक वा अमेरिकी साम्राज्यवादको आलोचकको रूपमा मात्र चिन्नुहुन्छ भने तपाईंले धेरै कुरा छुटाइरहनुभएको हुन्छ । भाषावैज्ञानिक, दार्शनिक, इतिहासकार, सामाजिक समालोचक, संज्ञान वैज्ञानिक र राजनीतिक अभियन्ताका रूपमा उनका अनेक परिचय छन् । आफूले निर्माण गर्न चाहेको संसारबारे चोम्स्कीले प्रस्तुत गर्ने दलिलहरूमा समरूपता पाइन्छ । उनका तर्कमा अहिले नै परिवर्तन गर्नुपर्ने चिजको हतारोको आवश्यकता पनि हुन्छ । उनी आदर्शवादी विचारक हुनुका अतिरिक्त एक व्यवहारवादी खेलाडी पनि हुन् । चोम्स्की उनको आदर्श संसारले कसरी काम गर्नेछ वा गर्नुपर्छ भन्ने खालको बृहत् घोषणा गर्नबाट सचेत हुन्छन् । किनकि उनलाई आफूले भनेअनुरूप परिवर्तनले काम गर्ला भन्ने विश्वास लाग्दैन । चोम्स्कीको विचारमा गहिरो स्वतन्त्रता भेटिन्छ, जसको म प्रशसक हुँ । उनका निष्कर्षमा म सहमत हुँला–नहुँला, तर सहजतामा मात्र होइन कठिनाइमा समेत सधैँ आफूलाई एकनास प्रस्तुत गर्ने उनको शैलीलाई म सम्मान गर्छु । यहाँ हामी चोम्स्कीले निर्माण गर्न चाहेको भावी विश्व र त्यो विश्व किन बनाउनुपर्छ भन्ने उनको तर्कमा केन्द्रित हुन्छौँ । साथमा श्रम सम्झौता, अपूर्णता तथा विरोधाभासका बाबजुद वर्तमान विश्वका बचाउन आवश्यक विषयमा पनि छलफल गरिनेछ । 

(अप्रिलमा न्युयोर्क टाइम्सको पोडकास्ट ‘द इज्रा क्लेन सो’का सञ्चालक इज्रा क्लेनले भाषाविद् तथा सामाजिक समाचोलक नोम चोम्स्कीसँग कुराकानी गरेका थिए । सयभन्दा बढी पुस्तक लेखिसकेका ९२ वर्षीय चोम्स्की र इज्रा क्लेनबीचको संवादको सम्पादित र संक्षिप्त पाठ )

संवादको सुरुवात तपाईंको विश्व दृष्टिकोणबाट गरौँ । केले मानव बौद्धिकतालाई जनावरको बौद्धिकताबाट भिन्न बनाउँछ ?
उत्तर : दुई आधारभूत चिजलाई मानवका प्रजातीय गुण मान्न सकिन्छ । यी गुण सबै मानिसमा पाइन्छ भने तिनको समानार्थी गुण अन्य जीवमा भेटिँदैन । ती गुणमा एउटा त अहिले हामीले प्रयोग गरिरहेको भाषा हो । भाषा मूलभूत रूपमा मानव अस्तित्वको चुरो हो । यसले हामीलाई जनावरको संसारबाट पूर्ण अलग बनाउँछ । मानिसको अर्को प्रजातिगत गुण हो– सोच । हालसम्मको खोजले मानिसबराबर सोच्न सक्ने जीव यस पृथ्वीमा मात्र होइन ब्रह्माण्डमै पाइएको छैन । यी दुई गुण घनिष्ट रूपमा एक–अर्कामा सम्बन्धित छन् । भाषा सोचको औजार हो र यसले दिमागमा सोच निर्माण गर्न सघाउँछ । कहिलेकाहीँ भाषा अरूसँग सोच अभिव्यक्त गर्न प्रयोग गरिन्छ । यी दुई क्षमता सम्भवतः मानव विकासको एउटै चरणमा विकास भएकोजस्तो देखिन्छ । भाषा र सोच गम्भीर रोग लागेका मानिसबाहेक सबैमा हुने गुण हो । र, प्राणी जगत्मा यस्तो गुण अन्य कुनैमा पाइँदैन । हाम्रो हालसम्मको जानकारीका आधारमा भन्दा यी गुण ब्रह्माण्डको अन्य कुनामा नहुन पनि सक्छ ।

भाषामाथिको तपाईंको कामले मानव समृद्धि र मानव के चाहन्छन् भन्ने विषयको तपाईंको विचारलाई कसरी सहयोग पु¥यायो ?
उत्तर : वैज्ञानिक क्रान्तिका संस्थापक ग्यालिलियो तथा उनका समकक्षीहरूलाई भाषाको एक पक्षले धेरै प्रभावित बनाएको थियो । भाषाको त्यो उल्लेखनीय पक्ष के भने यसलाई कहिलेकाहीँ मानव सोचको सिर्जनात्मक पक्ष पनि भनिन्छ । मानिसहरूले कुनै तरिकाले अर्थपूर्ण अभिव्यक्ति सिर्जना गरेर तिनलाई अभिव्यक्त गर्न सक्छौँ । यो कुरा प्रायः हाम्रो सचेतनामा नआई हुने गर्छ भने कहिलेकाहीँ चेतनामा पनि प्रकट हुन्छ । यसलाई हामी उपयुक्त परिस्थितिअनुसार प्रयोग गर्न सक्छौँ, त्यो पनि निरन्तर नयाँ तरिकाले । यस प्रक्रियामा यो हाम्रो आफ्नै जीवनको भाषा प्रयोगको इतिहासमा नयाँ हुने गर्छ । यो सिर्जनात्मक चरित्र शताब्दीऔँको अभ्यासले असाधारण रूपमा स्वतन्त्रताको आधारभूत चाहनामा जोडिएको छ, तर असंगत रूपमा होइन । प्रभुत्व र अवैधानिक शासकको नियन्त्रणविरुद्धको प्रतिरोध हाम्रो आधारभूत प्रकृतिको अंश हो । मानवीय प्रकृतिको आधारभूत तŒव कुनै सिर्जनात्मक क्षमताको हिस्सा हुन सक्छ र यो भाषाको सामान्य प्रयोगमा एकदम असाधारण रूपमा प्रकट हुन्छ ।

हामीमध्ये अधिकांशको स्वतन्त्रता तथा सिर्जनात्मक चाहनालाई बाल्यकालमै मारिन्छ । बालबालिकाहरूलाई ध्यान दिनुभयो भने उनीहरू हरक्षण ‘किन’ भनेर सोधिरहेका हुन्छन् । उनीहरू व्याख्या चाहन्छन् । हरेक कुरालाई बुझ्न चाहन्छन् । तर, विद्यालय पसेदेखि नै बालबालिकामाथि नियन्त्रण सुरु हुन्छ ।
 

यदि मानिस स्वतन्त्रता र सिर्जनाशीलता चाहन्छ भने फेरि हामी किन ती कुरातर्फ आकर्षित हुन्छौँ जसले यिनलाई खोस्न सक्छ ?
उत्तर : हामीमध्ये अधिकांशको स्वतन्त्रता तथा सिर्जनात्मक चाहनालाई बाल्यकालमै मारिन्छ । बालबालिकाहरूलाई ध्यान दिनुभयो भने उनीहरू हरक्षण ‘किन’ भनेर सोधिरहेका हुन्छन् । उनीहरू व्याख्या चाहन्छन् । हरेक कुरालाई बुझ्न चाहन्छन् । तर, विद्यालय पसेदेखि नै बालबालिकामाथि नियन्त्रण सुरु हुन्छ । तपाईंले कस्तो व्यवहार गर्नुपर्छ र त्योभन्दा फरक गर्नुहुँदैन भनेर सिकाइन्छ । समाजका संस्थानहरू व्यक्तिको आफ्नो भाग्यको स्वामी आफैँ हुन सक्ने प्रयास घटाउन, बदल्न र सीमित गर्न बनाइएका छन् । 

तपाईं अराजकतावादी हुनुहुन्छ । खासमा अराजकतावाद भनेको के हो रु तपाईं यसलाई कसरी परिभाषित गर्नुहुन्छ ?
उत्तर : मैले बुझेको अराजकतावाद स्वयंसिद्ध सत्यजस्तै छ । अराजकतावादको परिभाषा, हरेक प्राधिकार र शासन संरचनाले तिनको औचित्य पुष्टि गर्नुपर्छ भन्ने कथनबाट सुरु गर्न सक्छौँ । कुनै पनि प्राधिकार र शासन आफैंमा औचित्यपूर्ण हुँदैनन्, तिनले औचित्व सिद्ध गर्नुपर्छ ।

तपाईं आफ्नो बच्चासँग सडकछेउमा हिँडिरहनुभएको छ र एक्कासि ती व्यस्त सकडतिर कुदे भने तिनलाई पाखुरा समाएर आफूतर्फ तान्नुहुन्छ । त्यहाँ तपाईंले बच्चामाथि अधिकारको प्रयोग गर्नुभए पनि त्यो औचित्यपूर्ण छ । अरू पनि यस्ता तर्कसंगत लाग्ने अधिकारहरू हुन्छन् । तर, तपाईंले ध्यान दिएर हेर्नुभयो भने यहाँका धेरै प्राधिकारले औचित्य पुष्टि गर्न सक्दैनन् । अधिकांश प्राधिकार शताब्दीऔँदेखि डेभिड ह्युम, एडवार्ड बर्ने, वाल्टर लिपम्यान, एडमस्मिथ र अन्य दिग्गजले भन्दै आएका अवैधानिक प्राधिकार हुन् । अवैधानिक प्राधिकारहरूलाई चिन्नुपर्छ, चुनौती दिनुपर्छ । त्यसपछि तिनलाई पराजित गर्नुपर्छ । सम्पूर्ण जीवनमा यही सत्य हुन्छ ।

अक्सर के भनेको सुनिन्छ भने समाजको जटिल आर्थिक संरचनाका कारण निश्चित मात्रामा सोपानीकरण (हाइरार्की) तथा संगठनहरूको आवश्यकता पर्छ । तपाईं तिनलाई शासन थोपरेको मान्नुहुन्छ । महामारीको समयमा एम–आरएनए खोपको विकास र पछि वितरणमा निश्चित मात्राको हाइरार्की आवश्यक हुने बताइँदै छ । निर्णय प्रक्रियामा सबैजना बराबर हुन सक्दैनन् । कोही न कोहीले संगठनको नेतृत्व गर्न आवश्यक हुन्छ । कोही न कोही प्रयोगशालाको सञ्चालनको नेतृत्वमा हुनु आवश्यक हुन्छ । यदि तपाईं वास्तविक समयमा हरेक निर्णय सुरुदेखि गर्न थाल्नुभयो भने गाह्रो हुन्छ । जटिलता र विमर्शबीचको लेनदेनलाई (सम्झौता) कसरी लिनुहुन्छ ?
उत्तर : स्वतन्त्र प्रजातान्त्रिक समाजमा दुईमा एउटा छान्नुपर्ने स्थिति आउँछ जस्तो मलाई लाग्दैन । स्वतन्त्र समाजले साझा हितका लागि कुनै निश्चित चासोको अंश समाधान गर्न प्रशासनिक तथा अन्य निकाय छनोट गर्न सक्छ । र, तिनलाई फिर्ता बोलाउने प्रावधान पनि हुन्छ । तर, सम्पूर्ण समय ती आमनियन्त्रणमा हुन्छन् । कसैका हजुरबुबाले रेलमार्ग निर्माण गरेकाले अथवा कसैले बजारमा चलाखी गर्न सकेकाले वा ठूलो धनराशि हात पार्न सफल भएकाले त्यहाँ पुगेका हुँदैनन् । उनीहरू लोकप्रिय प्राधिकारमार्फत प्रतिनिधिको रूपमा त्यहाँ पुगेका हुन्छन्, फिर्ता बोलाइन सक्ने प्रावधानसहित । तिनलाई कुनै प्रकारको उचनिचको संरचना अथवा शासनको अधिकार दिइँदैन । यो कुरा श्रमिकको स्वामित्वमा रहेका व्यवसायले प्रयोग गरिरहेका छन्, जसमध्ये केही विशाल छन् । श्रमिकको स्वामित्वमा रहेको सबैभन्दा ठूलो व्यवसाय मोनड्रयागन ६० वर्षदेखि उत्तरी स्पेनमा सञ्चालनमा छ । श्रमिकको स्वामित्व तथा व्यवस्थापन रहेको ठूलो करपोरेन, औद्योगिक उत्पादन, बैंक, आवास, अस्पताललगायत सञ्चालनमा छन् । ती कुनै पनि हिसाबमा पूर्ण छैनन्, तर तिनको व्यवस्थापन लोकप्रिय प्रजातान्त्रिक नियन्त्रण र शासनको आधारभूत सिद्धान्तमा आधारित छ । विश्वविद्यालयको राम्ररी चलिरहेको अनुसन्धान प्रयोगशाला पनि लगभग यही हिसाबले सञ्चालन भइरहेको हुन्छ । प्रशासनिक काम हेर्नका लागि विभागीय प्रमुख छानिन सक्छ । तर, अध्यापकहरूलाई उक्त व्यक्ति मन परेन भने नयाँ व्यक्ति छानिन्छन् । सबै प्रकारका संरचनामध्ये यो पनि निश्चित रूपमा सम्भव संरचना हो । यसले संगठनको सम्भावनालाई कमजोर बनाउँदैन । वास्तवमा, अराजकतावादी समाज निकै व्यवस्थित हुनुपर्नेछ । तर, त्यो समाज स्वतन्त्र, सुसूचित समुदायको लोकप्रिय नियन्त्रणमा हुनेछ र तिनले अवैधानिक शक्तिको नियन्त्रणविना अन्तरक्रिया गर्न सक्छन् । 

यो त प्रतिनिधिमूलक प्रजातन्त्रबाट कसरी फरक भयो र ?
उत्तर : प्रतिनिधिमूलक प्रजातन्त्र कहीँ–कतै अस्तित्वमा छैन । वास्तविक प्रतिनिधिमूलक प्रजातन्त्र यस्तो देखिनेछ–समुदायले यसको परीक्षणका लागि मानिसहरूको चुनाव गर्छ । चुनावको आधार या त उनीहरू त्यस काममा राम्रो हुनुपर्नेछ या त्यस कामप्रति तिनले रुचि देखाउनुपर्नेछ । अरूको चाहना अलग–अलग काममा हुन सक्छ । तर, यो लोकप्रिय अनुगमनअन्तर्गत हुन्छ र आवश्यक पर्दा तिनलाई फिर्ता बोलाउन सकिन्छ । उनीहरूबीच निरन्तर अन्तक्र्रिया हुनुपर्छ । सबै बिन्दुमा सहभागिता हुनुपर्छ भन्ने म ठान्छु ।

खोप वितरणकै उदाहरण लिऊँ । यस विषयमा मानिसहरूको विभिन्न भनाइ हुन सक्छ र खोप अभियान कसरी चलाउने भन्ने पनि तिनको आफ्नै भनाइ हुन सक्छ । यदि कसैले खोप लगाउन मानेन भने हामीले के गर्नुपर्छ रु यो अहिलेको (अमेरिकाको) जल्दोबल्दो समस्या हो । झन्डै आधा रिपब्लिकन समर्थक खोप लगाउन चाहँदैनन् । त्यसो गर्दा त हामीहरू कोभिड संकटबाट कहिल्यै बाहिर निक्लन सक्दैनौँ । किनकि पर्याप्त खोपविना कोभिड– १९ लाई फ्लुजस्तो बनाउने गरी आवश्यक रोग प्रतिरोधात्मक क्षमता कहिल्यै हासिल हुँदैन । सम्भवतः हामीहरूले प्रत्येक वर्ष खोप लगाउनुपर्ने हुन सक्छ ।

मानौँ केही व्यक्तिले मास्क लगाउँदिनँ भने । त्यसमा हामीले के गर्न सक्छौँ रु हो, यस्ता समस्यामा समुदायले निर्णय गर्नुपर्ने हुन्छ । मानौँ कसैले भन्यो, ‘म अबदेखि ट्राफिक नियम मान्दिनँ, त्यो मलाई मन पर्दैन । म रातो बत्ती बल्दा पनि गाडी चलाउँछु । सडकको गलत साइडबाट गाडी कुदाउनेछु । ट्राफिक नियम नमानीकन म स्वतन्त्र हुन चाहन्छु ।’ यस विषयमा एक प्रकारको निर्णय बनाउनुपर्ने हुन्छ । ‘म मास्क लगाउँदिनँ’ भन्नु पनि ट्राफिक नियम पालना गर्दिनँ भन्नुभन्दा फरक होइन । कसैले भन्न सक्ला, ‘म सपिङ मलमा जानेछु, यदि मबाट तपाईं संक्रमित हुनुभयो भने त्यो तपार्इंको गल्ती हुनेछ ।’ समुदायले यस्ता विषयमा निर्णय गर्नुपर्ने हुन्छ । 

यो त हामी यस्तो प्रणालीमा फर्किन पुग्छौँ जहाँ एकथरी मानिस ‘मास्क लगाउनुपर्छ र व्यवसायमाथि लकडाउन लगाउनुपर्छ’ भनिरहेका छन् र अर्काथरी मानिस ‘होइन, त्यसो गरियो भने ममाथि शासन थोपरिएको हुन्छ’ भन्छन् । अहिले पनि लगभग त्यस्तै स्थिति देखिँदा यो त अहिलेको भन्दा मामुली परिवर्तन मात्रै लाग्यो ।
उत्तर : के, त्यसो भए रोजगारी सम्झौता (जब कन्ट्रयाक्ट) उन्मूलन गर्नु मामुली कुरा हो ?

त्यसो भए रोजगारी सम्झौताबारे बताइदिनुस् । तपाईंले विद्यमान रोजगारी सम्झौतालाई कसरी उन्मूलन गर्नुहुन्छ ?
उत्तर : १९औँ शताब्दीका श्रमिक, कारखानामा काम गर्ने युवती र किसान रोजगारी सम्झौता उन्मूलन गर्न चाहन्थे । यसका लागि उनीहरूले आफ्नै उद्यम सञ्चालन गर्नुपर्छ । किसान एक ठाउँ आएर बजारीकरण र विकासमाथि सहकारी नियन्त्रणको मार्ग तय गर्नुपर्छ । सेवा उद्योगका मानिसले पनि त्यस्तै गर्नुपर्छ । यसरी हामीहरू संस्थानमाथिको लोकप्रिय नियन्त्रणतर्फ अगाडि बढ्न सक्छौँ । यो आज हामी बाँचिरहेको विश्वभन्दा पूर्ण फरक हुन्छ, जुन मामुली हुँदै होइन । तर, द्वन्द्वको प्रश्न त्यसवेला पनि आउनेछ भन्ने प्रश्नमा भने तपाईं सही हुनुहुन्छ । यसमा केही गर्न सकिँदैन ।

सबैभन्दा सुखी परिवारलाई लिनुस् । त्यहाँभित्र पनि द्वन्द्व हुन्छ । परिवार त्यसलाई सम्बोधन गर्ने उपाय पहिल्याउन लागिपरेको हुन्छ । खासमा हामीहरू द्वन्द्वरहित विश्व चाहँदैनौँ । द्वन्द्वविनाको विश्वको जीवन निरस हुन्छ । फरक धारण, फरक दृष्टिकोण, फरक विचारहरू सधैँ अस्तित्वमा रहन्छन् । द्वन्द्व नै सिर्जनात्मक कामको जननी हो । परिवर्तन हुने तरिका पनि त्यही हो । जीवनको संरचना यसरी गर्नुपर्छ कि तिनलाई चेतनशील शैलीले व्यवस्थित गर्न सकियोस् । जुन एक खुसहाल परिवारमा हुन्छ, अथवा राम्ररी चलाइएको संस्थानमा हुन्छ, वा राम्रो अध्ययन विभागमा, श्रमिकको स्वामित्व रहेको असल उद्योगमा पनि हुन्छ । हामीहरू सकेसम्म यस्तो संरचना बनाउन चाहन्छौँ ता कि हामी सभ्य र चिन्तनशील अन्तत्र्रिmया गर्न सकौँ, त्यसले आजको समस्याको समाधान निकाल्न सघाओस् ।

समाज परिवर्तनलाई लिएर तपाईंमा रुढिवादी दृष्टिकोण रहेको तपाईंले नै बताउनुभएको छ । कुन हिसाबमा समाज परिवर्तनसम्बन्धी तपाईंको विचार रुढिवादी हो ? 
उत्तर : मलाई लाग्दैन, जबसम्म जनसंख्याको ठूलो हिस्साले विद्यमान प्रणालीमा सामान्य सुधारले उनीहरूले सोच्नेजस्तो सही र न्यायपूर्ण उपलब्धि दिँदैन भन्ने बोध गर्दैनन्, अर्थपूर्ण र रचनात्मक सामाजिक परिवर्तन आउँछ । त्यो बिन्दुमा मात्र व्यापक सामाजिक परिवर्तन सम्भव हुन्छ । यदि त्यसअगाडि नै परिवर्तन थोपरियो भने त्यो पुनः अधिनायकवादी संरचनामा टुंगिने सम्भावना हुन्छ । 

यस विषयमा तपाईंंले भर्खर एक पुस्तक (क्लाइमेट क्राइसिस एन्ड द ग्लोबल ग्रिन न्यु डिल) पनि लेख्नुभएको छ । के अमेरिकी राजनीतिक प्रणाली र वैश्विक राजनीतिक समूह हामीलाई चाहिएकै गति र परिणाममा जलवायु संकटलाई सम्बोधन गर्न सक्षम होला ?
उत्तर : यो प्रश्नका दुई जवाफ छन् । यदि उत्तर नकारात्मक हो भने हामीले सबैलाई बिदाइ मागे भयो । यो यति नै सरल छ । हामीलाई जलवायु संकटलाई कसरी सम्बोधन गर्ने भन्ने थाहा छ, त्यसको विधिहरू पनि थाहा भइसकेको छ । ती कार्यान्वयन गर्न सकिने खालका छन् । हाम्रो पुस्तकको सहलेखक रोबर्ट पोलिनद्वारा लेखिएको हिस्सामा व्यावहारिक विधिबारेमा चर्चा गरिएको छ । कुशल अर्थशास्त्री पोलिनले यस विषयमा धेरै लामो समयदेखि काम गरिरहेका थिए । उनले चर्चा गरेका व्यावहारिक विधिमध्ये कैयौँ कार्यान्वयनमा पनि आउन थालेका छन् । तिनले संकटलाई पूर्ण व्यावहारिक रूपमा समाधान गरेर एक असल संसार बनाउनेछ । अरूले पनि उस्तै काम गरेका छन् । कोलम्बियन अर्थ साइन्स इन्स्टिच्युटका जेफ स्याक्सको केही फरक मोडल छ । तर, उनीहरू लगभग समान चिज लिएर आएका छन् । तिनको सुझाव कार्यान्वयन गर्न सकिन्छ । हामीहरूमध्ये जो–जो यथार्थ सामना गर्न इच्छुक छौँ तिनलाई आगामी केही दशकमा यसलाई कार्यान्वयन गर्नुपर्छ भन्ने पनि थाहा छ । त्यसपछि तपार्इंको प्रश्न आउँछ ‘के मानिसहरू तिनको सम्पूर्ण प्रजातिगत आत्महत्यालाई रोक्न सक्षम छन् रु’ मलाई यसको जवाफ थाहा छैन । सायद कसैलाई पनि थाहा छैन होला । 

(आर्थिक) वृद्धिविरोधी आन्दोलनबारे तपाईंको धारणा के छ ?
उत्तर : यो आन्दोलन गर्नेहरूको तर्कमा दम छ । तर, जलवायु संकट समाधान गर्न वृद्धि आवश्यक हुन्छ । मुख्यतः वैकल्पिक ऊर्जा प्रणालीको विकास आवश्यक पर्छ । त्यसमा धेरै काम गर्नुपर्छ । भवन र सहरको पुनर्निर्माण गर्नुपर्छ । प्रभावकारी आमयातायात बनाइनुपर्छ । हामीलाई चाहिएको उचित प्रकारको वृद्धि हो, न कि फजुलको उपभोग गर्ने खालको वृद्धि हो । जहाँ तपाईं आज प्रयोग गरेको सामान भोलि फालिदिनुहुन्छ । साथमा जमिनलाई नष्ट गरिरहेको प्राकृतिक रूपमा नसड्ने प्लास्टिक प्रयोग नगर्ने, घातक कृषि विधि प्रयोग नगर्ने, धेरै रासायनिक मलखाद प्रयोग नगर्ने कृषि शैली प्रयोगमा ल्याउनुपर्छ । हामीलाई सही प्रकारको वृद्धि आवश्यक छ ।

पृथ्वीका निरस, विध्वंशात्मक, खतरनाक कामलाई सकेजति स्वचालित बनाउनुपर्छ । त्यसले मानिसलाई थप राम्रो, सिर्जनशील, सन्तुष्टि दिने कामका लागि समय बचाउँछ । अटोमेसनको राम्रो पक्ष यसैलाई भनेको हुँ । अब अटोमेसन कसरी हुन्छ त्यो सामाजिक तथा आर्थिक नीतिमा भर पर्छ ।
 

तपाईंलाई एक अर्को प्रविधिबारे सोध्दै छु, जसले धेरै समस्या समाधान गर्छ भनेर तपाईंले भन्नुभएको मैले सुनेको छु । ‘अटोमेसन’बारे सोच्दा यसले निम्त्याउने बेरोजगारी पनि सँगसँगै आउने गर्छ । तर, रोचक रूपमा तपाईंले यसबारे आशावादी कुरा गरेको देखेको छु । सही राजनीतिले निर्देशित ग¥यो भने अटोमेसन अग्रगामी हुने र यसले मानिसहरूलाई आर्थिक रूपमा सम्मानित भविष्य दिने बताउनुभएको छ । अटोमेसन र भावी अर्थतन्त्रमा यसको भुमिकाबारे तपाईं कसरी सोच्नुहुन्छ ?
उत्तर : पृथ्वीका निरस, विध्वंशात्मक, खतर्नाक कामलाई सकेजति स्वचालित बनाउनुपर्छ । त्यसले मानिसलाई थप राम्रो, सिर्जनशील, सन्तुष्टि दिने कामका लागि समय बचाउँछ । अटोमेसनको राम्रो पक्ष यसैलाई भनेको हुँ । अब अटोमेसन कसरी हुन्छ त्यो सामाजिक तथा आर्थिक नीतिमा भर पर्छ । यो धेरै तरिकाले हुन सक्छ । एउटा महŒवपूर्ण अध्ययनबारे उल्लेख गर्छु, जसले के–के विकल्प छन् भन्ने देखाएको छ । मेरा पूर्वसहकर्मी तथा प्रविधिका कुशल इतिहासकार डेभिड नोबलको (दुर्भाग्यवश उनको केही वर्षअघि निधन भयो) एक प्रमुख कर्म यन्त्र औजार उद्योग थियो, जुन आधुनिक औद्योगिक पुँजीवादको चुरो रह्यो । सन् १९५० को दशकसम्म आइपुग्दा यन्त्र औजार उद्योगमा अटोमेसन सुरु भयो । सांख्यिक प्रक्रिया सुरु हुन थालेको थियो र कम्प्युटर पनि आउन थालेको थियो । सँगै नयाँ औजारको प्रयोगबाट यन्त्र औजार उद्योग बदल्न सुरु भएको थियो । अब यसलाई कार्यान्वयन गर्ने दुई मार्ग थिए । दुवै मार्गमाथि प्रयोग पनि भए ।

एउटा तरिकामा सीपविहीन यन्त्रचालकले सीपयुक्त यन्त्र–मिस्त्रीलाई विस्थापित गरियो । पहिले अटोमेसनबाट र पछि मानिसलाई नै रोबोटमा बदलेर ९जो नियमलाई खुरुखुरु मान्थे० त्यो एउटा तरिका भयो । अर्को तरिका थियो सीपयुक्त मिस्त्रीको हातमा धेरै अधिकार राखिदिनु, जसले उही प्रविधि प्रयोग गरिरहेका हुन्थे । नोबलले एकदम चित्त बुझ्ने गरी के देखाइदिए भने पहिलो मार्ग चुन्नुको कुनै आर्थिक कारण थिएन, तर त्यसैलाई चुनियो । त्यसलाई शक्तिका कारणले चुनिएको थियो । स्वामी वर्ग मानिसहरूलाई सीपविहीन बनाउन र तिनलाई आफ्नो दास बनाइराख्न चाहन्छ । मानिसहरू स्वतन्त्र एजेन्ट भएको हेर्न मालिकहरू चाहँदैनन् । त्यसैे उनीहरूले त्यस प्रकारको अटोमेसनको विधि चुने जसमा मानिसहरू त्यसैको वरपर त रहन्छन्, तर सीपविहीन भएर । जसले गर्दा तिनलाई दासमा बदल्न सहज भयो । सधैँ यही भइरहेको छ । 

तपाईंको विचारमा अर्को दशकमा हुने द्वन्द्वमा आणविक बम प्रयोग हुने सम्भावना कत्तिको छ ?
उत्तर : तपाईं आत्मविश्वासका साथ अर्को दशकको द्वन्द्वमा आणविक हतियार प्रयोग हुँदैन भनेर भविष्यवाणी गर्न सक्नुहुन्छ । किनकि यदि त्यो प्रयोग गरियो भने कोही पनि त्यसको मतलब गर्न बाँकी रहँदैन । तपाईंलाई गलत देखाउन बाँकी कोही रहँदैनन् । मैले बढाइचढाइ गरेको होइन । प्रमुख आणविक शक्तिबीचको आणविक द्वन्द्वमा त्यही हुन्छ । भारत र पाकिस्तानबीच आणविक युद्ध हुन सक्छ, जसले सम्पूर्ण दक्षिण एसियालाई नामेट बनाउनेछ । तर, अन्यत्र त मानिस बाँचिरहनेछन् । यदि चीन र अमेरिकाबीचमा अथवा चीन र रुसबीच आणविक युद्ध भयो भने सबै सकिएबराबर हुन्छ । फेरि पनि केही मानिस बाँच्न सफल हुनेछन्, तर कोही पनि त्यस्तो संसारमा बाँच्न चाहँदैन ।

केही महिनाअघि संयुक्त राष्ट्रसंघीय महासभाले एउटा अन्तर्राष्ट्रिय सम्झौता स्वीकार ग¥यो– ‘ट्रिटी अन प्रोहिबिसन अफ न्युक्लियर विपन्स’ (आणविक हतियारको निषेधसम्बन्धी सन्धि) । प्रोहिबिसन (निषेध)को अर्थ तिनको निर्माण नहुने, तिनको भण्डारण पनि नहुने भन्ने हुन्छ । अर्थात् आणविक हतियारबाट मुक्ति । दुर्भाग्यवश कुनै पनि आणविक अस्त्रसम्पन्न मुलुक सम्झौतामा सहभागी छैनन् । तर, अमेरिकी बौद्धिकले चर्चा गरेजस्तै अमेरिकाले नेतृत्वदायी भूमिका निभाउन चाह्यो भने केही तरिका छन् ।

अमेरिकाले ‘ट्रिटी अन प्रोहिबिसन अफ न्युक्लियर विपन’ स्वीकार गर्नेतर्फ अगाडि बढ्ने प्रयासमा नेतृत्व लिन सक्छ । यो मैले मात्र भनेको होइन, हेन्री किसिन्जर, रेगन प्रशासनमा विदेशमन्त्री रहेका जर्ज सुल्ज, स्याम ननजस्ता मानिसले समेत वकालत गरेको विषय हो । ती व्यक्ति विभिन्न समयमा आणविक शस्त्र प्रणालीको केन्द्रमा थिए । उनीहरूलाई आणविक युद्ध गर्न सकिँदैन भन्ने थाहा भएरै त्यसो भनेका हुन् । हामीले तिनलाई निर्मूल पार्नेतर्फ कदम चाल्नुपर्छ । यसो गर्ने अर्को तरिका पनि छ– विश्वभर आणविक अस्त्रमुक्त क्षेत्र निर्माण गर्ने । यसले समस्या अन्त्य गर्नेछैन, तर घटाउन सघाउनेछ । हामी समाधान खोज्न चाहन्छौँ भन्नेतर्फ संकेत गर्छ, जुन सानो कुरा हुनेछैन । आणविक हतियार बिलकुल गलत छ र हामी यसको हिस्सा हुन चाहँदैनौँ ।

(इज्रा न्युयोर्क टाइम्सको पोडकास्ट ‘द इज्रा क्लेन सो’का सञ्चालक हुन्)