Skip This
झुठो समाचार लेखेको भन्दै पत्रकारले नै  पत्रकार र सम्पादकविरुद्ध मुद्दा दर्ता गराए
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १७ शनिबार
  • Thursday, 19 September, 2024
गणेश लम्साल विराटनगर
२o७८ पौष १७ शनिबार १o:४९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

झुठो समाचार लेखेको भन्दै पत्रकारले नै  पत्रकार र सम्पादकविरुद्ध मुद्दा दर्ता गराए

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ पौष १७ शनिबार १o:४९:oo

दलित महिलामाथि भएको अमानवीय घटना मिलाउन पैसा मागेको झुठो आरोपको  समाचार लेखेर आफ्नो चरित्र हत्या गरेको भन्दै पत्रकारले समाचार लेख्ने पत्रकार र सम्पादकविरुद्ध अदालतमा मुद्दा दर्ता गराएका छन् । मोरङ बेलबारी नगरपालिका–१ घर भई सुनसरीको इटहरी बस्दै आएका पत्रकार पिबी दियाली (प्रेमप्रकाश दियाली)ले सुनसरीको धरानबाट प्रकाशित  ब्लास्ट टाइम्स दैनिकका इनरुवा संवाददाता इनरुवा नगपालिका–३ का २६ वर्षीय अमर काफ्ले, प्रबन्ध निर्देशक तथा सम्पादक धरान उपमहानगरपालिका ५ का ५४ वर्षीय किशोरकुमार कार्की र सुनसरी दुहबी नपा ५ की ३२ वर्षीया सारदा कार्कीविरुद्ध जिल्ला अदालत मोरङमा गाली बेइज्जती कसुरमा  शुक्रबार मुद्दा दर्ता गराएका हुन् । 

फौजदारी कार्यविधि र मुलुकी अपराधसंहिताअनुसार गाली बेइजती कसुरअनुसार क्षतिपूर्ति र सजाय माग गर्दै शुक्रबार जिल्ला अदालत मोरङमा दर्ता भएको उक्त मुद्दामा उल्लेख भएको बयानअनुसार सुनसरी दुहबी प्रहरी थानाअगाडि २३ कात्तिक २०७८ मा दलित आमाछोरीमाथि गैरदलित पुरुषहरूबाट भएको अमानवीय कुटपिट भएको थियो । उक्त घटना मिलाउन पत्रकार दियालीले पाँच लाख रुपैयाँ माग गरेको तर नदिएपछि घटनालाई न्यायिक संघर्षका नाममा चर्काएको झुठो आरोपको  समाचार १६ मंसिर २०७८ मा ब्लास्ट टाइम्स दैनिकमा प्रकाशन भएको थियो ।  

निरीह गरिब दलित महिलाहरूमाथि अत्याचार गर्नेहरूलाई कानुनी कारबाही गराउन आफूले निरन्तर साथ दिएको, तर कहिले पनि कसैबाट रकम नमागेको पत्रकार दियालीले अदालतमा दर्ता गरेको फिरादपत्रमा बताएका छन् । कानुनी कारबाहीबट जोगिन फरार आरोपीहरूले नातेदार प्रयोग गरेर अन्यायमा परेका पीडित दलित महिलाहरूलाई साथ दिएकै कारण पाँच लाख रुपैयाँ पैसा मागेको झुठो आरोप लगाएर समाचार प्रकाशन गरि आफ्नो चरित्रहत्या गरेकाले इज्जत मानसम्मानमा अपूरणीय क्षति पुगेको र आफु मानसिक विक्षिप्त बनेको पत्रकार दियालीले बताएका छन । यसैले झुठो समाचार लेखाउने सारदा कार्की, लेख्ने इनरुवा संवाददाता अमर काफ्ले र समाचार छाप्ने ब्लास्ट दैनिकका सम्पादक किशोरकुमार कार्कीविरुद्ध मुलुकी अपराधसंहिता र फौजदारी कार्यविधिसंहिता २०७४ अनुसार सजाय हुनुपर्ने पत्रकार दियालीको माग दाबी छ  ।  

कानुन व्यवसायी अधिवक्ता जयराम सुन्दासका अनुसार बादी पत्रकार दियालीले अदालतमा दायर गरेको फिरादपत्रअनुसार अब प्रमाणको भार विपक्षीहरूले नै बोक्नुपर्छ । आरोप प्रमाणित गर्न नसके अदालतले प्रतिवादीहरूलाई तीन लाख रुपैयाँसम्म  जरिवाना र एक वर्ष कैद वा दुवै सजाय हुनसक्नेछ  ।