१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १६ शुक्रबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष १६ शुक्रबार o८:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष १६ शुक्रबार o८:१७:oo

सहिद स्मारक ए डिभिजन लिग फुटबलको सातौँ चरणका खेल आज (शुक्रबार)बाट सुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगको सातौँ चरणका खेलहरू शुक्रबार सुरु भई सोमबार समाप्त हुनेछन् । 

यो चरणमा दुई स्थानमा खेल खेलाइनेछ । ६ खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र  एक खेल पोखरा रंगशालामा हुने आयोजकको भनाइ छ । काठमाडौंमा शुक्रबार दुई खेल हुनेछ । दिउँसो १ बजे हुने पहिलो खेल विभागीय टोली एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ भने पौने ५ बजेको खेलमा फ्रेन्ड्स र न्युरोड टिम एनआरटी भिड्दै छन् ।

यस्तै, शनिबार तीन खेल हुनेछ । काठमाडौंमा दिउँसो १ बजे र साँझ पौने ५ बजे हुनेछ भने पोखरामा दिउँसो २ बजे घरेलु टोली मनाङ मस्र्याङ्दी क्लबले ब्रिगेड ब्वाइज क्लब (बिबिसी)को चुनौती लिनेछ । काठमाडौंमा पहिलो खेल थ्री स्टार र जावलाखेल युथ भिड्दा दोस्रो खेलमा संकटा क्लब र च्यासल युथ क्लब आपसमा भिड्नेछन् । 

तेस्रो दिन एक मात्रै खेल हुने आयोजकले जनाएको छ । आइतबार साँझ पौने ५ बजेको खेल नेपाल पुलिस क्लब र  मच्छिन्द्र फुटबल क्लबबीच हुनेछ । यस चरणको अन्तिम दिन अर्थात् सोमबार दिउँसो १ बजे सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन् । 

जारी लिगको छैटौँ चरणको खेल समाप्त हुँदा १४ अंकसहित मच्छिन्द्र शीर्षस्थानमा छ । १३ अंक बनाएको मनाङ दोस्रो स्थानमा रहँदा १२ अंकको संकटा तेस्रो स्थानमा छ भने १० अंकको आर्मी तेस्रो स्थानमा छ । 

ad
ad
ad
ad