१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o७:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

रेडपाण्डाको छालासहित सेनाका  हवल्दार र प्रहरीका दुई परिचर पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:o८:oo

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला तस्करीमा नेपाली सेनाका हवल्दार र नेपाल प्रहरीका परिचर नै संलग्न भएको भेटिएको छ । चार थान रेडपाण्डको छालासहित महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई पक्राउ गरेपछि घटनाको पुष्टि भएको हो । 

महाशाखाले बुधबार बसुन्धरास्थित द मयूर क्याफेबाट धादिङ गंगाजमुना गाउँपालिका–७ का निरबहादुर घले, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गाउँपालिका–१३ का सुरेश गिरी, नुवाकोट शिवपुरी गाउँपालिकाका–४ का कृष्णबहादुर तामाङ र ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–२ का मोहनकर्ण कार्कीलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये घले नेपाली सेनाका हवल्दार हुन् । तामाङ र कार्की नेपाल प्रहरीका परिचर हुन् । 

महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले पक्राउ परेकामध्ये एक सेनाका हवल्दार र दुईजना प्रहरीका परिचर रहेको बताए । ‘रेडपाण्डको छाला कारोबार भइरहेको सुराकपछि प्रहरी घटनास्थल पुग्यो । चारजनालाई पक्राउ गरेपछि कारोबारमा संलग्नमध्ये एक सेनाका हवल्दार र अर्का दुई नेपाल प्रहरीको परिचर रहेको खुल्यो ।’ 

प्रहरीको अनुसन्धानमा एक लाख रुपैयाँ पाउने प्रलोभनमा उनीहरू रेडपाण्डाको छाला कारोबारमा संलग्न रहेको खुलेको छ । उनीहरू भरिया मात्रै रहेको प्रहरीको भनाइ छ । उनीहरूले तीस लाख रुपैयाँमा छाला बिक्री गर्न खोज्दै थिए । महाशाखाले पक्राउ परेका चारैजनालाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको छ । 

ad
ad