मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १५ बिहीबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ पौष १५ बिहीबार o८:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि उत्पीडित समुदायबीच ऐक्यबद्धता अपरिहार्य छ : प्रचण्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष १५ बिहीबार o८:१८:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको संघर्ष र वीरतापूर्ण बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण उत्पीडित समुदायकाबीच सहिष्णुता र आपसी ऐक्यबद्धता अपरिहार्य रहेको बताएका छन् ।

बिहीबार तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सांस्कृतिक विविधताले भरिएको देश भएकाले  देशका भाषा, संस्कृति, वेशभूषा र संस्कार सभ्यताको   संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको दायित्व भएको उल्लेख गरे । 

तमु समुदायमा नयाँ वर्षको आगमनको खुसियालीमा विशेष उत्साह र उमंगका साथ मनाइने तमु ल्होसारले आफ्नै मौलिकता परम्परा र सांस्कृतिक महत्व राख्ने सन्देश दिँदै उनले तमु जातिलगायत सम्पूर्ण नेपालीबीच सहिष्णुता र सदभावको भावना जागृत होओस् भन्दै  शुभकामना व्यक्त गरे ।  

साथै नेपाली जनताका बीचको सुदृढ राष्ट्रिय एकताबाट संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न र नेपाली भूमिबाट नयाँ विचारको विकास गर्न सम्भव छ भन्नेमा उनले जाेड दिए ।