१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
मञ्जु भट्ट
२o८१ बैशाख १९ बुधबार o६:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

किन चाहिन्छन् पत्रपत्रिका ?

Read Time : > 1 मिनेट
मञ्जु भट्ट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:५६:oo

इन्टरनेटको प्रयोग बढेसँगै अनलाइन सञ्चारमाध्यमको महत्‍व बढ्दै गए पनि पत्रपत्रिका अगाडि फैलाएर पढ्नुकोजस्तो मजा मोबाइलमा पढ्दा हुँदैन 


कोभिड–१९ का कारण धेरैजसो क्षेत्र अझै अस्तव्यस्त छन् । कसैले व्यापार, व्यवसाय गुमाए त कसैले रोजगारी । कसैले रोजिरोटी गुमाए, कसैको पढाइ छुट्यो । कसैले आफन्त गुमाए, कसैले ज्यानै गुमाए । 

लकडाउनभर कसैले सिलाइ, बुनाइजस्ता सीप सिके, कसैले अरू वेला पढ्न नभ्याएका पुस्तक पढे, कसैले सेयरबजारमा लगानी गर्न सिके । कसैले कौसीखेती गरेर ताजा तरकारी खान सिके । लकडाउनको फुर्सदिलो समयमा अरू काम गर्न घरबाहिर निस्किन नपाइने समयमा धेरैले पत्रपत्रिका तथा पुस्तक पढेर समय बिताए । जस्तोसुकै अप्ठेरो आइपरे पनि सञ्चारमाध्यमले सत्यतथ्य समाचार पाठकमाझ पस्किरहे । स्कुल, कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी, गृहिणी कैदीबन्दी सबैको रोजाइमा पर्छन् यस्ता सञ्चारमाध्यम । अनलाइनदेखि रेडियो, टेलिभिजन हुँदै दैनिक प्रकाशित हुने पत्रपत्रिकासम्म आमपाठकको रोजाइमा पर्ने गरेका छन् । 

सञ्चारमाध्यमले पाठकलाई खेलकुद, साहित्य, इतिहास, राजनीति, अर्थ, संस्कृति, मनोरञ्जन, ज्ञान, विज्ञान, देश, विदेशको अवस्थाबारे अवगत गराउँछन् । देशमा भइरहेका भ्रष्टाचारजन्य विकृतिलाई सतहमा ल्याउन पनि यिनले ठूलो योगदान दिइरहेका छन् । देशमा भइरहेका गलत कामबारे आमजनतालाई सुसूचित गराउने काम पनि यिनले गरिरहेका छन् ।

सञ्चारमाध्यमकै सहयोगमा कतिपय बिरामीले उपचार खर्च जुटाइरहेका हुन्छन् । कतिपय सञ्चारमाध्यमले स्कुले विद्यार्थीलाई लक्षित गरेर त्यसैअनुसारका सामग्री दिने गर्छन् । स्कुले विद्यार्थीमा समेत पत्रपत्रिकालगायत सञ्चारमाध्यमसँग नजिकिने र ज्ञानको दायरा फराकिलो पार्ने अवसरसमेत जुट्ने गरेको छ । 

धेरै खोज, अनुुुसन्धानपछि छापिएका खबर, समाचार, लेख, रचना महत्वपूर्ण हुन्छन् । देशको चौथो अंगका रूपमा रहेको सञ्चार जगत्ले सबैलाई ज्ञानको बृहत् संसारमा पु¥याउँछ । पछिल्लो समयमा छापा पत्रपत्रिकासँगै अनलाइन सञ्चारमाध्यमको समेत व्यापक खोजी हुन थालेको छ । इन्टरनेटको व्यापक प्रयोगसँगै अनलाइन सञ्चारमाध्यमसमेत निकै महत्वपूर्ण हुन थालेका छन् । छापा पत्रिका अगाडि फैलाएर पढ्नुको मजा मोबाइल खोलेर पढ्नुमा हुँदैन भन्नेहरू पनि भेटिन्छन् ।

पढ्ने इच्छा हुँदाहुँदै पनि अन्य पुस्तक महँगा भएका कारण धेरैजसोले एकैचोटि किनेर पढ्न सक्दैनन् । त्यसैले आफ्नो पढ्ने भोक मेटाउन पाँच या दश रुपैयाँमा सजिलै पाइने पत्रपत्रिका सबैको रुचिमा रहेका छन् । एउटै छापाले विभिन्न विषयमा ज्ञान प्रदान गर्ने हुनाले अफिस, स्कुल, कलेज, संघसंस्था आदि राष्ट्रियस्तरका धेरैजसो पत्रपत्रिकाका ग्राहक बनेको देखिन्छ । घरमा पत्रपत्रिकाको ग्राहक बनेसँगै बालबालिकालाई समेत मोबाइल, टिभी आदिको लतबाट टाढा राख्न थोरै नै भए पनि मद्दत पुग्छ । उमेर पुगेका निरक्षरसमेत अरूले पत्रपत्रिका, पुस्तक पढेको देखेर पढ्न रहर गर्छन् र पत्रिका पढ्नकै लागि साक्षर बन्ने गरेकोसमेत पाइन्छ ।

पत्रपत्रिका तथा पुस्तक मानिसका अभिन्न साथी हुन् । मन परेका पुस्तक पढ्नाले मानिसलाई बुढो, बिरामी, अल्छी र बेरोजगार हुनुको पीडाबाट मुक्त राख्न मद्दत पुग्छ । यसले मानिसमा नयाँ उमंग, उत्साह र ऊर्जा थप्ने काम गर्छ । मनमा लागेका चिन्ता दुःख दूर भई आत्मबल बलियो बनाउँछ । राम्रा पत्रपत्रिका, पुस्तक छानेर पढ्ने, मनन गर्ने बानीले नराम्रो काम गर्नबाट समेत जोगाउँछ । मानिसको जीवन नै परिवर्तन गरिदिन सक्छ पढ्ने बानीले । भनिएको छ, शरीरका लागि खाना आवश्यक भएजस्तै दिमागका लागि मन परेका पुस्तक, पत्रपत्रिका पढ्नु आवश्यक हुन्छ । त्यही आवश्यकतालाई पूरा गरिरहेका छन्, हाम्रा सञ्चारमाध्यमले ।

ad
ad