
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ नैकापमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
लु.१ क ४४२५ नम्बरको ट्याङ्कर र बा.प्र. ०२–०४५ प ४६४५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार धादिङ थाक्रे गाउँपालिका–२ सिमलेकटी बस्ने ५५ वर्षीय देव बहादुर थापाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपूर्ण न्यूरो अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।