मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ३० सोमबार १८:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

आन्दोलनमा मृत्यु भएका प्रहरीका परिवारलाई १० लाख दिइने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार १८:५९:oo

गत २३ र २४ भदौमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई नेपाल प्रहरीले प्रतिव्यक्ति १० लाख दिने भएको छ। इन्स्पेक्टरदेखि महानिरीक्षकसम्मको तलब कट्टा गरी उनीहरूलाई राहत दिन लागिएको हो । 

प्रहरी प्रधान कार्यालयले आइतबार सूचना जारी गरी यससम्बन्धी जानकारी दिएको छ। आन्दोलनका क्रममा तीन प्रहरीले ज्यान गुमाएका थिए। आइतबार बसेको प्रहरी समन्वय समितिको बैठकले यससम्बन्धी निर्णय गरेको प्रहरी प्रवक्ता डिआइजी विनोद घिमिरेले बताए।