१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आमहडताल उल्लंघन गरेको भन्दै सिके राउतका कार्यकर्ताद्वारा सिराहामा सवारी तोडफोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:३५:oo

सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आमहडताल उल्लंघन गरेको भन्दै सिराहामा सवारीसाधन तोडफोड गरेका छन्। औरही गाउँपालिकाले अनुदानको गहुँको बिउ वितरण गर्न ढिलाइ गरेपछि किसान आफैँले लगेको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको विरोधमा सिके राउतका कार्यकर्ताले आइतबार सिराहामा आमहडताल गरेका छन्। आमहडताल उल्लंघन गरेको भन्दै पूर्व–पश्चिम सडकअन्तर्गत गोलबजार र मिर्चैयामा उनीहरूले सवारीसाधनमा तोडफोड गरेका हुन्।

प्रदर्शनकारीहरूले मिर्चैयामा रोकेर राखिएको प्रदेश ३–०१–०२३ च ८२९७ नम्बरको कारसहित केही सवारीसाधन तोडफोड गरेका छन्। गोलबजार र मिर्चैयामा प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सीसमेत भएको  छ । ६ पुसमा गाउँपालिकाको कृषि शाखाले निःशुल्क वितरण गर्न राखेको दुई सय ३७ बोरामा प्याक गरिएको एक सय ३४ क्विन्टल ८० किलोग्राम गहुँको बिउ ‘लुट्न’ किसानलाई उक्साएको आरोपमा प्रहरीले ८ पुसमा औरही–२ कडहर्वाका मिथिलेश यादवलाई पक्राउ गरेको थियो। यादवलाई पक्राउ गरेपछि सिकेका कार्यकर्ताले गाउँपालिकामा तालाबन्दी गर्नुका साथै जिल्लामा आमहडतालसहितको आन्दोलन गरेका हुन्।

जनमत पार्टीले पक्राउ परेका यादवको रिहा नगरेसम्म गाउँपालिका कार्यालयमा गरिएको तालाबन्दी नखुल्ने र आन्दोलन जारी रहने जनाएको छ। ६ पुसमा बिहान ११ बजेदेखि औरही गाउँपालिका ३ नं. वडा क्षेत्रमा पर्ने गाउँका किसानलाई बाँड्न स्वास्थ्य केन्द्रको गोदाममा भण्डारण गरेर राखेको गहुँको बिउ लुटिएको गाउँपालिकाको कृषि शाखा प्रमुख राजदेव यादवले बताएका छन्।

 

ad
ad