१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ११ आइतबार
  • Friday, 28 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ११ आइतबार १२:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

माओवादी महाधिवेशन प्रतिनिधिका लागि खाजाको व्यवस्था, बस्ने र खाने व्यवस्था आफैँ गर्नुपर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ११ आइतबार १२:१५:oo

नेकपा माओवादी केन्द्रले पार्टीको आठाैँ महाधिवेशनमा सहभागीहरूलाई खाजाको मात्रै व्यवस्था गर्ने भएको छ। महाधिवेशन प्रतिनिधिहरूले आफ्नो खाना र वासको व्यवस्था आफैँ गर्नुपर्नेछ। अन्तिम समयमा माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको थियो। 

‘राष्ट्रिय सम्मेलनको प्रतिनिधिलाई आवतजावतसहित बिहान–बेलुकाको खाना तथा बसोवासको व्यवस्थापन स्वयंलाई गर्न भनिएको छ,’ महाधिवेशन मूल व्यवस्थापन समितका संयोजक हितमान शाक्यले भने, ‘तीन दिन भनेकोमा पाँच दिनसम्म चल्न सक्ने भएकाले हरेक दिन दिउँसोको खाजा भने पार्टीले खुवाउनेछ।’

उनले हरेक दिनको खाजाको मेनु फरक–फरक हुने र त्यसमा मासु, चिउरा, पनिरलगायतका परिकार राखिएको बताए। तीन दिनका लागि भनिए पनि महाधिवेशन लम्बिन सक्ने भन्दै १५ पुससम्मका लागि हल र क्यान्टिन बुक गरिएको छ। 

सबै व्यवस्था प्रतिनिधि आफैँले गर्नुपर्ने भएको हुँदा प्रतिनिधि शुल्क दुई हजार मात्रै तोकिएको छ। जिल्ला समन्वय सम्पर्क कमिटीको सहयोगमा प्रदेश कमिटीले यसको संयोजन गर्न निर्देशन भइसकेको उनले बताए। त्यसमा कसैलाई अप्ठ्यारो परेको अवस्थामा भने महाधिवेशन आयोजक समितिले व्यवस्थापन गर्नेछ।

आन्तरिक व्यवस्थापनका लागि युवा, विद्यार्थी र जिल्ला समन्वय समितिका सदस्य भएको ८० जनाको स्वयंसेवक टिम तयार पारिएको छ। शाक्यले पार्टीको स्वास्थ्य विभागले एउटा गाडीमा आकस्मिक स्वास्थ्य उपचारको व्यवस्थासमेत गरिएको जानकारी दिए। उक्त गाडीमा ल्याबसहितको उपचार सेवा हुनेछ।

ad
ad
ad
ad