१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ९ शुक्रबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ९ शुक्रबार १४:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

संविधानको व्यावहारिक कार्यान्वयनमा कांग्रेस थप अगाडि बढेको छ : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ९ शुक्रबार १४:३८:oo

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संविधानको व्यावहारिक कार्यान्वयनमा कांग्रेस थप अगाडि बढेको बताएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत निर्वाचित नेतृत्वलाई शुभकामना दिँदै उनले यस्तो बताएका हुन्। पार्टीले बदलेको राजनीतिक व्यवस्था र निर्माण गरेको संविधानको रक्षा, पालना र व्यावहारिक कार्यान्वयन गर्दै लोकतन्त्रको संस्थागत विकास गर्नु आफूहरूको दायित्व भएको उनले उल्लेख गरेका छन्।

‘१४औँ महाधिवेशनमार्फत नेपाली कांग्रेसले सातवटै प्रदेशमा प्रथमपटक आफ्नो निर्वाचित नेतृत्व चयन गरेको छ। नेपालको राजनीतिक इतिहासमा सबै प्रदेशमा निर्वाचित नेतृत्व स्थापित गर्ने पहिलो पार्टी नेपाली कांग्रेस हो। यसले नेपाली कांग्रेस संवैधानिक व्यवस्थाको व्यावहारिक कार्यमा थप अगाडि बढेको तथ्य पुष्टि गर्दछ। हामीले बदलेको राजनीतिक व्यवस्था र निर्माण गरेको संविधानको रक्षा, पालना र व्यावहारिक कार्वान्वयन गर्दै लोकतन्त्रको संस्थागत विकास गर्नु हाम्रो दायित्व हो,’ नेता पौडेलले लेखेका छन्।

 

ad
ad
ad
ad