१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ६ मंगलबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ६ मंगलबार १६:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्यायपालिकालाई भ्रष्टाचारमुक्त बनाउन दलहरूले पहल गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ६ मंगलबार १६:१८:oo

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बहिर्गमनको सम्बन्धमा राजनीतिक दलहरूले आफ्नो निर्णय लिनुपर्ने बताएका छन्। मंगलबार सर्वोच्च अदालत परिसमा बारको विरोध कार्यक्रमपछि अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि सबै राजनीतिक दलहरूलाई बारले आग्रह गरेको उल्लेख गर्दै यस सम्बन्धमा दलहरूले आफ्नो निर्णय गर्नुपर्ने बताएका हुन्।

राजनीतिक दलहरू न्यायपालिकामा भइरहेको विवादको सम्बन्धमा मूकदर्शक भएर बस्न नमिल्ने उनको भनाइ छ। भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन राजनीतिक दलहरूले पहल गर्नुपर्ने उनले बताए।

‘उहाँको बहिर्गमनका लागि हामीले १७ बुँदा विभिन्न दलहरूलाई पनि दिइसकेका छौँ। प्रधानमन्त्रीदेखि लिएर प्रतिपक्ष दलका नेता, सबैका संसदीय दलका नेताहरूलाई हामीले दिइसकेका छौँ। उहाँहरुले यो विषयमा आफ्नो निर्णय गर्नुपर्दछ। मूकदर्शक भएर बस्नु भनेको न्यायपालिकालाई भ्रष्टाचारमा डुबाइराख्ने उहाँहरूको उद्देश्य हो भने त्यहीअनुसार भन्नुपर्‍याे । होइन भने, न्यायपालिकालाई भ्रष्टाचारमुक्त न्यायपालिका बनाउन उहाँहरूले पहल गर्नुपर्दछ। नेपाल बार एसोसिएसनको, सम्पूर्ण कानुन व्यवसायीहरूको आह्वान हो,’ अध्यक्ष श्रेष्ठले भने।

प्रधानन्यायाधीश जबराले आफू नांगिएको कुरा स्वीकार गरिसकेको श्रेष्ठले जिकिर गरे। प्रधानन्यायाधीश नांगिँदैमा न्यायपालिका नसप्रने र न्याय प्रशासन चल्न नसक्ने भन्दै उनले न्यायपालिकालाई नांगिन नदिनका लागि जबराले राजीनामा दिनुपर्ने बताए।