आइसिएफसी फाइनान्स लिमिटेडले प्रस्ताव गरेको सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित भएको छ । फाइनान्सको १८औँ साधारणसभाले १० प्रतिशत बोनस सेयर तथा चार प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।
साधारणसभाले आव ०७८/७९ का लागि बाह्य लेखापरीक्षक एसएआर एसोसिएट्सलाई नियुक्त गरेको छ । हाल फाइनान्सले २० शाखा तथा एक एक्सटेन्सन काउन्टर र १९ एटिएममार्फत ८० हजारभन्दा बढी ग्राहकलाई सेवा दिनुका साथै चालू आवसम्म १५ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन र १३ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको जनाएको छ ।