मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष ५ सोमबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ५ सोमबार १४:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालयका समस्या समाधान गर्ने शिक्षामन्त्री पौडेलको प्रतिबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ५ सोमबार १४:४९:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने बताएका छन्। सोमबार त्रिविको ४७औँ दीक्षान्त समारोहमा मन्त्री पौडेलले यसका समस्या पहिचान गरी समाधान गर्ने बताएका हुन्। 

उनले दीक्षित विद्यार्थीले आफूसँग भएको ज्ञानलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्दै मुलुकको आर्थिक समृद्धि र सामाजिक रूपान्तरणमा योगदान पुर्‍यायाउनुपर्ने उल्लेख गरे। ज्ञान र सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यकतासँग तालमेल मिलाउँदै व्यावहारिक र जीवनोपयोगी बनाउन जरुरी रहेको उनले औँल्याए। 

‘त्रिविका विभिन्न समस्या पहिचान गरी समाधान गर्न, गम्भीर प्रयत्न गर्नुपर्ने आवश्यक्ता मैले महसुस गरेको छु। र, त्रिविका शिक्षक र कर्मचारीका प्रतिनिधिहरूसँग भेटघाट तथा पदाधिकारीहरूसँग भएको छलफलका आधारमा त्रिभुवन विश्वविद्यालयको उन्नति विकास र सहयोगका लागि नेपाल सरकारको तर्फबाट सहकुलपतिको हैसियतले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि यहाँहरूसमक्ष प्रस्तुत गर्न चाहन्छु,’ उनले भने, ‘दीक्षित हुने विद्यार्थीहरूले आफूसँग भएको ज्ञानलाई सीपसँग, सीपलाई उत्पादनसँग जोड्दै मुलुकको आर्थिक समृद्धि र सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउनुपर्छ। सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो। विश्वविद्यालयमा कुनै निश्चित समयमा हासिल गरिएको ज्ञान, सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यकतासँग तालमेल मिलाउँदै व्यावहारिक र जीवनोपयोगी बनाउन जरुरी छ।’

मन्त्री पौैडेलले विश्वविद्यालयबाट विद्यार्थीलाई उच्चस्तरीय शिक्षा प्रदान गर्न चाहिने आवश्यक सहयोग सरकारले गर्ने प्रतिबद्धतासमेत जनाए। उनले बिदेसिन बाध्य भएका विद्यार्थीहरूलाई स्वदेशमा नै उच्चस्तरीय शिक्षा प्रदान गर्ने नेतृत्वदायी भूमिका त्रिभूवन विश्वविद्यालयले निर्वाह गर्नुपर्नेमा जोड दिए।