मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ पौष ३ शनिबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ३ शनिबार १४:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सल्लाहकारको जिम्मेवारी अस्वीकार गर्दै रावल भन्छन्–टीके प्रणाली जबज र लोकतान्त्रिक मान्यताविपरीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ३ शनिबार १४:१७:oo

नेकपा एमालेका नेता डा. भीम रावलले केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी अस्वीकार गरेका छन्। आफूलाई नसोधी दिएको सो जिम्मेवारी अस्वीकार गर्दै उनले ट्विटरमार्फत टीके प्रणालीको विरोध गरेका छन्।

'मलाई नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने–मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताविपरीत हुन्छ,' रावलले ट्विटरमा लेखेका छन्।

पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि रावल पार्टीमा जिम्मेवारीविहीन भएका थिए।  अध्यक्षकाे उम्मेदवार केन्द्रीय सदस्यमा पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा उनले रुचि नदेखाएपछि उनलाई पार्टीले सल्लाहकारमा राखेको हो। रावलले टीके प्रणालीको विरोध गर्दै सो जिम्मेवारी अस्वीकार गरेका हुन्।