१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १ बिहीबार
  • Wednesday, 03 July, 2024
२o७८ पौष १ बिहीबार १९:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाश शर्माले भने– अब आधुनिक कांग्रेस बन्नेछ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १ बिहीबार १९:२१:oo

कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले अब आधुनिक कांग्रेस बन्ने बताएका छन् । महामन्त्री निर्वाचित भएपछि बिहीबार सानेपास्थित पार्टी कार्यालयमा शर्माले आफ्नो जित केवल एउटा व्यक्तिको जित नभई बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको बताए ।

उनले अबका दिनमा पार्टी हिजोको जसरी नचल्ने भन्दै रूपान्तरित भएर जाने बताए । अब आधुनिक कांग्रेस बन्ने उनको भनाइ छ । शर्माले कांग्रेसलाई आगामी निर्वाचनमा विजयी गराउन सक्ने तागतको रूपमा बदल्ने पनि बताए । ‘यो व्यक्तिगत रूपमा विश्वप्रकाश शर्मालाई उहाँहरूले छनोट गर्नुभएको, एउटा व्यक्तिलाई जिताउनुभएको या एउटा गुटलाई जिताउनुभएको होइन । पार्टीलाई आजका जीवन्त र ज्वलन्त मुद्दाहरूलाई बुझ्न सक्ने बनाएर नेपाली समाजको नवीन ढंगले नेतृत्व गर्न सक्ने कांग्रेस बनाउने उहाँहरूको अपेक्षाको, उहाँहरूको आकांक्षाको जित हो ।’ उनले भने, ‘म जति गौरवान्वित छु, त्यत्तिकै आफ्नो जिम्मेवारीप्रति गम्भीर पनि छु । कांग्रेस जसरी हिजो चलेको थियो अब त्यसरी चल्दैन । कांग्रेस रूपान्तरित भएर जान्छ । अब आधुनिक कांग्रेस बन्नेछ ।’

शर्माले आफ्नो जिम्मेवारीलाई निष्ठा, विनम्रता र संयमताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ad
ad
ad
ad