कांग्रेसको भावी सभापतिको टुंगो दोस्रो चरणको निर्वाचनले लगाउने भएको छ । प्रतिस्पर्धी कुनै पनि उम्मेदवारले खसेको मतको बहुमत नल्याएकाले सभापति चयन प्रक्रिया दोस्रो चरणमा धकेलिएको हो ।
अब पहिलो र दोस्रो धेरै मत ल्याएका शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । पहिलो चरणमा ४६७९ मत खसेकाेमा वर्तमान सभापति देउवाले सबैभन्दा बढी २२५८ मत ल्याए । बहुमतका लागि २३४० मत आवश्यक पर्नेमा देउवा ८२ मतले मात्र सभापति चयन हुनबाट रोकिए । ७७ मत बदर भएको छ ।
दोस्रो स्थानमा रहेका कोइरालाले १७२९ मत ल्याए । ३७१ मत ल्याउँदै प्रकाशमान सिंह तेस्रो स्थानमा रहे भने विमलेन्द्र निधिले २४९ मत ल्याए । पाँचौ स्थानमा रहेका कल्याण गुरुङले २० मत पाए ।