१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २८ मंगलबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २८ मंगलबार o६:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

नेपाली संस्कृति बचाउन राष्ट्रिय अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २८ मंगलबार o६:१o:oo

 नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाडपर्वलगायत भएको अतिक्रमणविरुद्धमा लड्न ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान ०७८’ को घोषणा भएको छ । परिवर्तन नेपाल नामक संस्थाले सोमबार एक कार्यक्रमबीच महाअभियान सुरु गरेको हो । महाअभियानअन्तर्गत नाटक मञ्चनदेखि फिल्मसमेत निर्माण गर्ने आयोजकले जनाएको छ । महाअभियानका संयोजक मोहन निरौलाले राजनीतिक दल, सांस्कृतिक सम्पदा, पुरातात्विक सम्पदा, मठमन्दिरका प्रमुख र विज्ञलाई भेटेर अभियानबारे जानकारी दिने बताएका छन् ।

उपत्यकाका विभिन्न स्थानमा अभियानका अभियन्ताले मौन प्रदर्शनदेखि समाजका विभिन्न व्यक्तिसँग अन्तत्र्रिmया गर्ने कार्यक्रम रहेको बताए । उनले यो महाअभियान कार्यक्रम गैरमुनाफा र गैरव्यावसायिक रहने जनाए । महाअभियान सुरु भएको तीन महिनामा वक्तव्यमार्फत कार्य प्रगति पनि सार्वजनिक गरिनेछ । नेपालको कला, साहित्य, संस्कृति मासिएको खण्डमा देशको पहिचान पनि मेटिने भएकाले नेपाली संस्कृतिमाथिको अतिक्रमण अन्त्य गर्न यो अभियान थालिएको संयोजक निरौलाले बताए । 

‘देश समाप्त पार्न युद्ध लड्नैपर्दैन, संस्कृति सकिएपछि देश नै सकिन्छ, अहिले हामी संस्कृति सकिने कठघरामा छौँ,’ कलाकार तथा फिल्म निर्देशकसमेत रहेका निरौलाले भने, ‘त्यसकारण हामीले संस्कृति बचाउने उद्देश्यका साथ यो महाअभियानको सुरु गरेका हौँ ।’ 

समारोहका प्रमुख अतिथि तथा फिल्म निर्देशक यादव खरेलले पछिल्लो समय नेपाली संस्कृतिमाथि अतिक्रमण बढेको भन्दै अभियानले संस्कृतिलाई जोगाउन भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । यसैगरी अभिनेत्री वसुन्धरा भुषालले पनि नेपाली संस्कृति बचाउने अभियानमा सबै क्षेत्र र व्यक्तिले साथ सहयोग गर्नुपर्ने बताएकी छिन् । 
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले देशको भाषा र संस्कृति मिचिँदा नेपालीको पहिचान र अस्तित्व नै नरहने जनाइन् । ‘नेपाली संस्कृतिमाथि भइरहेको अतिक्रमणविरुद्ध सबै एकजुट हुनुपर्छ,’ अभिनेत्री तथा निर्देशक निरौलाले भनिन् । 

ad
ad
ad
ad