मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २७ सोमबार
  • Wednesday, 18 December, 2024
२o७८ मङ्सिर २७ सोमबार १९:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गायत्री गुरुङ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर २७ सोमबार १९:१८:oo

नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटी अध्यक्षमा गायत्री गुरुङ चयन भएकी छिन् । माओवादी केन्द्रको पोखरामा सम्पन्न गण्डकी प्रदेशको प्रथम अधिवेशनले गुरुङको अध्यक्षतामा २२९ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।  २८ जना भने पछि थपिने भएका छन्। 

अधिवेशनमा अध्यक्षका आकांक्षी धेरै भएपछि सर्वसम्मत प्रदेश समिति चयन गर्दै पहिलो बैठकबाट गुरुङलाई निर्वाचित गरिएको माओवादी केन्द्रका नेता राजकाजी गुरुङले जानकारी दिए । उनका अनुसार प्रदेशका उपाध्यक्ष, सचिवसहितका आठ पदाधिकारी आगामी बैठकमा सल्लाह गरेर चयन गरिनेछ। 

माओवादी केन्द्रले एक गैरभौगोलिक शाखासहित एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकामा सबै पालिका कमिटी चयन गरेपश्चात प्रदेश अधिवेशन गरेको हो । अधिवेशन तीन दिनसम्म चलेको हो ।

प्रथम प्रदेश अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका पालिकाहरूबाट छ सय, मनोनीत ६०, आयोजक ९६, जेष्ठ कम्युनिस्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार ४७ गरी आठ सय ४६ जना प्रतिनिधि सहभागी थिए ।