मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
तिवारी यादव वीरगन्ज
२०७८ मङ्सिर २६ आइतबार १९:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१८ लाखसहित दुई हुन्डी कारोबारी पक्राउ

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर २६ आइतबार १९:०३:००

पर्सा प्रहरीले अवैध हुन्डी कारोबार गर्ने दुईजनालाई आइतबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका- १० का २८ वर्षका चन्दनकुमार साह र सोही ठाँउका ४४ वर्षका ओमप्रकाश गुप्ता रहेका छन्। उनीहरूलाई वीरगन्ज घण्टाघरबाट आदर्शनगर जाँदै गरेको अवस्थामा नेपाली अठार लाख नगद रकमसहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

पक्राउ परेकाहरूले प्रयोग गरेको ना १६ प ५४४६ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्दा स्राेत नखुलेको रकम बरामद भएको उनले बताए। उनीहरूमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरूद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक खनालले बताए।