१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २६ आइतबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २६ आइतबार १७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

विश्व हिन्दु महासंघको निर्वाचन प्रक्रिया स्थगित, प्रशासन कार्यालयलाई चिठी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २६ आइतबार १७:४९:oo

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिमा नेतृत्व चयनका लागि सुरु भएको निर्वाचन प्रक्रिया स्थगित भएको छ। शनिबार कमलपोखरीको महेश्वरी सदनमा आयोजित महासभापछि निर्वाचन प्रक्रिया सुरु भएको तर अशान्त वातावरण र अप्रिय परिस्थिति उत्पन्न भएको भन्दै महासंघले महासभा नै स्थगित गरेको छ। महासभामा पूर्वराजा ज्ञानेन्द्र शाहका सचिव सागर तिमल्सिनालगायतको समूहले हस्तक्षेप गरेको आरोप लागेको छ। 

महासंघका निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले अशान्त वातावरण भएको र अप्रिय घटना हुने अवस्था सिर्जना भएका कारण महासभा स्थगित भएको चिठी आइतबार जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोगमा दर्ता गराएका छन्। अध्यक्ष पदका लागि महासंघ सदस्य व्यासाचार्य  किशोरकुमार गौतम र महासंघकी महासचिव अस्मिता भण्डारीले उम्मेदवारी दिएका थिए। सुरुमा सर्वसम्मतबाट निर्वाचन हुन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढिरहेका वेला अवरोध भएपछि नेतृत्व चयन हुन नसकेको हो। महासंघले पाँच वर्षका लागि नेतृत्व चयन गर्न महासभा बोलाएको थियो। 

‘निर्वाचन प्रक्रियामा जाने क्रममा अशान्त वातावरण सिर्जना भएको र अप्रिय घटना हुने सम्भावनादेखि निर्वाचन समितिले तत्काल निर्वाचन स्थगित गरेको’ अध्यक्ष अर्यालले जिल्ला प्रशासन कार्यालय र परिषद्लाई दिएको निवेदनमा उल्लेख छ। कार्यकारी समितिले उचित समयमा पुनः निर्वाचन गर्ने निर्णय गरेको महासंघले जनाएको छ। 
 

ad
ad
ad
ad