मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर २६ आइतबार
  • Monday, 14 July, 2025
२o७८ मङ्सिर २६ आइतबार १२:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमबिबिएस शुभारम्भ गर्न राष्ट्रपति भण्डारी जुम्लामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर २६ आइतबार १२:३१:oo

राष्ट्रपति विद्यादेवी भण्डारी आज आइतबार जुम्ला आएकी छन्। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु हुन लागेको एमबिबिएस अध्ययनको  शुभारम्भ गर्न भण्डारी जुम्ला आएकी हुन्। 

चिकित्सा शिक्षा आयोगले एमबिबिएसका लागि २० कोटा छुटाइएकोमा १९ जना भर्ना भएका छन्। बि फर्ममा २० कोटा निर्धारण भएकोमा ११ जना, बिएनएसतर्फ १६ जना, बिएमएसतर्फ ८ जना र बिपिएचतर्फ ६ जना भर्ना भएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानप्रति राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतको ध्यान केन्द्रित गर्न एमबिबिएस उद्घाटनका लागि राष्ट्रपतिलाई बोलाइएको रजिस्ट्रार निर्पेन्द्र महतको भनाइ छ। उनले भने “कर्णालीमा एमबिबिएस सञ्चालन हुनु देशकै गौरबको विषय हो। यसलाई सफल पार्न सबैको सकारात्मक सहयोग आवश्यक रहेको छ। विगतमा डाक्टर खोजीखोजी उपचार गर्ने कर्णालीका नागरिकले अब सेता एप्रोनधारी डाक्टर रोजी रोजी उपचार गर्नेछन्।” राष्ट्रपति भण्डारीले ७६ करोड लागतमा बन्दै गरेको प्रतिष्ठानको शैक्षिक भवनको आज शिलान्याससमते गरेकी छिन्।