१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २६ आइतबार
  • Wednesday, 26 June, 2024
२o७८ मङ्सिर २६ आइतबार १२:११:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

बंगलादेशमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर २६ आइतबार १२:११:oo

बंगलादेशमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको छ। शनिबार यहाँको सरकारले नयाँ भेरियन्टका संक्रमित भेटिएका जनाएको छ। यहाँका स्वास्थ्यमन्त्री जाहिद मलेकले दुईजनामा नयाँ भेरियन्ट पुष्टि भएको शनिबार जानकारी दिएका हुन्। उनका अनुसार यहाँको क्रिकेट टिमका दुईजना क्रिकेटरमा सो संक्रमण भेटिएको हो।

स्वास्थ्यमन्त्री मलेकले ती दुई खेलाडी हालै जिम्बावेबाट फर्किएका थिए। उनीहरूको स्वास्थ्य परीक्षणका क्रममा सो भेरियन्ट देखिएको बताइएको छ। यसअघि भारतको नयाँदिल्ली र कर्नाटक राज्यका केही नागरिकमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको थियो। भारतमा भेटिएका संक्रमित ती व्यक्ति दक्षिण अफ्रिकाबाट आएका यात्रु रहेको बताइएको थियो। रासस/सिन्ह्वा

ad
ad
ad
ad