मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २५ शनिबार
  • Friday, 20 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २५ शनिबार १६:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवा पक्षले टुंग्यायो पदाधिकारीको टिम, सिटौला पक्षलाई महामन्त्री र सहमहामन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २५ शनिबार १६:१५:oo

बालुवाटारमा बसेको शेरबहादुर देउवा पक्ष र कृष्णप्रसाद सिटौला पक्षको छलफलले पदाधिकारीकाे उम्मेदवार  टुंगो लगाएको छ। महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महत तथा उपसभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारको नाम फाइनल भएको नेता गाेपालमान श्रेष्ठले जानकारी  दिए। 

त्यस्तै, सहमहामन्त्रीमा जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महिन्द्र यादव, खस–आर्यबाट किशोरसिंह राठौर, थारूबाट उमाकान्त चौधरी र मुस्लिमबाट फर्मुल्लाह मन्सुर उम्मेदवार रहने टुंगो लागेको छ। 

सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाबाट डिना उपाध्याय सहमहामन्त्रीको उम्मेदवार टुंगो लगाएको एक नेताले जानकारी दिए।