१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १४:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

मेक्सिकोमा सडक दुर्घटना हुँदा कम्तीमा ५३ आप्रवासीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:o४:oo

मेक्सिकोमा सडक दुर्घटना हुँदा कम्तीमा ५३ आप्रवासीहरूको मृत्यु भएको छ। रिटेनिङ पर्खालमा ट्रक ठोक्किएर पल्टिँदा दक्षिणी राज्य चियापासमा स्थानीय समयानुसार बिहीबार उक्त दुर्घटना भएको हो। चियापास संयुक्त राज्य अमेरिका जान खोज्नेहरूका लागि प्रमुख ट्रान्जिट बिन्दु हो।

प्रारम्भिक रिपोर्टअनुसार उक्त दुर्घटनामा अन्य ५८ जना घाइते भएका छन् जसमध्ये तीनको अवस्था गम्भीर छ। 'अहिलेसम्म ५३ जनाको मृत्यु भइसकेको छ र तीन जना गम्भीर घाइते छन्,' स्थानीय कार्यालयले जनाएको छ। 

'बाँचेकाहरूको बयानअनुसार तिनीहरूमध्ये अधिकांश ग्वाटेमालाका हुन्,' लुइस म्यानुएल गार्सियाले भने। चालकले तीव्र गतिमा भएको गाडीको नियन्त्रण गुमाएका कारण दुर्घटना भएको अधिकारीहरूले जनाएका छन्। स्थानीय टेलिभिजनले ठूलो संख्यामा एम्बुलेन्स, अग्निनियन्त्रक र उद्धारकर्मी दुर्घटनाग्रस्त गाडीको वरिपरि भेला भएको देखाएका छन्।  साथै, घाइतेहरू उपचारको पर्खाइमा रहेका बताइएको छ।  रासस/एएफपी

ad
ad