१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २२ बुधबार
  • Wednesday, 30 October, 2024
रमेश रावल सुर्खेत
२o७८ मङ्सिर २२ बुधबार ११:५७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

निर्माणको १२ वर्षपछि कर्णाली करिडोरको पक्की पुल सञ्चालनमा

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७८ मङ्सिर २२ बुधबार ११:५७:oo

कर्णाली करिडोरअन्तर्गतको  कर्णाली नदीको नरहरिनाथ–८ कालिकोटको खुलालुमा रहेको पक्की पुल सञ्चालनमा आएको छ । कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने पुल सञ्चालनमा आएको हो । निर्माण थालेको १२ वर्षपछि कर्णाली करिडोरको पक्की पुल सञ्चालनमा आएको हो । वि.सं. २०६६ सालमा हाल कांग्रेसका वरिष्ठ नेता तथा तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेल र ०६९ मा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले कर्णाली करिडोरमा रहेको पक्की पुलको शिलान्यास गरेका थिए । दुईपटक शिलान्यास भएको पुल निर्माण ढिलाइका कारण लामो समयपछि सञ्चालनमा आएको छ ।

ठेक्का भएको तीन वर्षमा नै काम सम्पन्न गर्ने गरी २०६६ सालमा कन्काइ जेभीले ठेक्का पाएको थियो । ठेक्का पाएको कम्पनीले २०६९ सम्म पनि काम गर्न नसकेपछि सडक डिभिजन कार्यालय जुम्लाले उक्त कम्पनीको ठेक्का रद्द गरी पुनः ठेक्का गरेको थियो । सुरुको पुल निर्माणका लागि १३ करोड लागत निर्माण हुने भनिएको उक्त पुल निर्माण कार्यमा ढिलाइ हुँदा १५ करोड ९२ लाख रुपैयाँ पुगेको थियो । कर्णाली करिडोरमा पुल नहुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको थियो ।

कर्णाली करिडोरमा पुल सञ्चालनमा आएपछि अबका दिनमा हुम्ला, मुगु, बाजुरा र कालिकोट जिल्लामा यातायातका साधन सहजै सञ्चालनमा आउने कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘कर्णाली करिडोरमा अब कर्णाली राजमार्गबाट यातायातका साधन सहजै सञ्चालनमा आउने भएका छन् ।’ उनले भने,‘यहाँका नागरिकको दैनिकीमा सहज हुने भएको छ ।’