१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २० सोमबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका विराटनगर
२o७८ मङ्सिर २० सोमबार १३:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चको समस्या संवादबाट समाधान हुन्छ : अध्यक्ष नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o७८ मङ्सिर २० सोमबार १३:१४:oo

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या सबै पक्षको संवादबाट समाधान हुनुपर्ने बताएका छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्।

लोकतन्त्रको सुदृढीकरण र संघीयता रक्षा गर्न बनेको राजनीतिक गठबन्धनमा कुनै समस्या नदेखिएको उनले बताए। अध्यक्ष नेपालले तीन तहको निर्वाचन एकैपटक वा अलगअलग गर्ने हो भन्ने विषयमा छलफल भइरहेको बताउँदै आफूले गठबन्धन गर्दा राम्रो अरूले गर्दा नराम्रो भन्ने मानसिकता खराब रहेको टिप्पणी गरे। अन्य निर्वाचनमा मुलुक प्रवेश नै नगरेको र केही दिनमा हुने राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनले झनै सफलता हासिल गर्ने उनको दाबी छ। रासस