मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार १८:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् अवरुद्ध गर्नुको औचित्य छैन : भीम रावल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १९ आइतबार १८:४५:००

एमाले नेता भीम रावलले संसद् बैठक अवरुद्ध गर्न नहुने बताएका छन् । आइतबार साँझ ट्विट गर्दै रावलले सरकारका सबै कामकारबाही हुन दिई संसद् अवरूद्ध गरेको भन्नुको औचित्य नहुने बताएका छन् ।

यसअघि अध्यक्षको पदबहाली गर्दै केपी ओलीले माधव नेपाललगायत पार्टीले कारबाही गरेका एमालेका तत्कालीन सांसद उपस्थित हुने संसद् बैठक चल्न नदिने बताएका थिए । रावलले संसद् देश र जनताको पक्षमा बहस गर्ने,  आवाज उठाउने थलो भएको स्मरणसमेत गराएका छन् ।

उनले भनेका छन्, ‘संसद् देश र जनताको पक्षमा बहस गर्ने र आवाज उठाउने थलो हो । सरकारका सबै कामकारबाही हुन दिई संसद् अवरूद्ध गरेको भन्नुको औचित्य छैन । कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुप¥यो । नभए त्यसबारे जनताको आवाज उठाउन पाउनुप¥यो । अन्यथा म कुटेजस्तो गर्छु तँ रोएजस्तो गर् भनेझैँ ठहर्छ ।’