१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ मङ्सिर १९ आइतबार १४:१६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा देउवा समूहको क्लिन स्विप

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर १९ आइतबार १४:१६:००

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर विजयी भएका छन्। प्रतिस्पर्धी नारायणदत्त मिश्रलाई चार सय ८ मतको अन्तरले पछि पार्दै बलायर सभापतिमा निर्वाचित भएका हुन्। बलायर पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट हुन् भने मिश्र वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्। सुदूरपश्चिममा देउवा समूहले अध्यक्षसहित सबै पदाधिकारीमा क्लिन स्विप गरेको छ।

उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन्। चौधरीले छ सय १० र अवस्थीले पाँच सय २३ मत प्राप्त गरे। मिश्रको प्यानलबाट उपसभापतिका उम्मेदवार गोपाल गुरुडले दुई सय ८१ र मानबहादुर रावलले दुई सय ६३ मत प्राप्त गरे। बलायर प्यालनबाटै उपसभापतिमा उम्मेदवारी दिएका हिमबहादुर रावलले एक सय २१ मत गरेका निर्वाचन समितिले जनाएको छ। रावलले विज्ञप्ति जारी गर्दै प्राविधिक कारणले उम्मेदवारी फिर्ता लिन ढिलो भए पनि बलायर प्यानललाई समर्थन रहेको बताएका थिए।

महामन्त्रीमा पनि देउवानिकट प्यानलबाटै विजयी भएका छन्। नरनारायण शाह छ सय ४८ मत र मेघराज खड्का ६ सय ३५ मत प्राप्त गरेर महामन्त्रीमा विजयी भएका निर्वाचन समितिका सदस्य गंगाराम पाध्यायले जानकारी दिए। इतर पक्षबाट महामन्त्रीका उम्मेदवार प्रताप गुर्धामीले दुई सय १४ र रामबहादुर शाहीले तीन सय तीन मत प्राप्त गरे ।

सहमहामन्त्री खुलातर्फ संस्थापन पक्षका गोपालदत्त भट्टले पाँच सय २९ र चिन्तामणि भट्टले पाँच सय ३३ मत प्राप्त गरेर विजयी भए। पौडेलनिकट समूहबाट सहमहामन्त्रीमा नरेन्द्र भट्टले दुई सय १२ र पदमराज पन्तले दुई सय ५५ मत प्राप्त गरे। सहमहामन्त्रीमा पराजित लक्ष्मणबहादुर शाहीले एक सय ६४ र हर्कबहादुर स्वाँरले ६८ मत प्राप्त गरे। सहमहामन्त्रीमा महिलातर्फ बलायरकै प्यानलबाट अम्बिका चलाउने विजयी भइन्। उनले छ सय ८६ मत पाइन भने पौडेलनिकट समूहकी प्रतिस्पर्धी खीमा भण्डारी कुँवरले दुई सय ३२ मत पाइन्। प्रदेश समिति सदस्यको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ ।