१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १८ शनिबार
  • Sunday, 22 September, 2024
२o७८ मङ्सिर १८ शनिबार o९:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्वतमा बसले ट्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु, १९ घाइते   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १८ शनिबार o९:५o:oo

पर्वतको कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा आज बिहान बसले  ट्याक्टरलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराबाट पर्वततर्फ आउँदै गरेको ग.२ख ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को.२त ६४२७ नम्वरको  ट्याक्टरलाई ठक्कर दिँदा उदयपुरको चौवन्दी गाउँपालिकाका १८ वर्षीय विशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको हो ।  

ट्याक्टरमा मध्यपहाडी लोकमार्गका मजदुर सवार थिए । उनीहरुमध्ये पाँच जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार १४ जना सामान्य घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पर्वत र गम्भीर घाइतेलाई पोखरा पठाइएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।