मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १५ बुधबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १५ बुधबार १७:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पर्वतारोही कल्याण कोषमा १० प्रतिशत रकम छुट्याउँछु : मन्त्री आले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १५ बुधबार १७:५१:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्वातारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउने बताएका छन्। बुधबार कोभिड–१९ बाट प्रभावितहरूको सहयोगका लागि आयोजित कार्यक्रममा मन्त्री आलेले पर्वातारोहीको कल्याण कोषमा सरकारले १० प्रतिशत रकम छुट्याउने बताएका हुन्।

पर्वतारोहीहरूकै कारण देश चिनिएको बताउँदै उनले यसअघिका मन्त्रीहरूले पर्वतारोहीको कल्याण कोषमा उक्त रकम नछुट्याउनु मन्त्रीहरूको दोष भएको बताए।

‘नेपाली पर्यटन क्षेत्रलाई यो महामारीकै बीच कसरी अघि बढाउने भन्नेबारे सोच्नु हामी सबैको जिम्मेवारी हो। हामी सबै मिलेर नेपाली पर्यटन क्षेत्रलाई फेरि पनि चलायमान बनाउने प्रयासमा लागि पर्नेछौँ। त्यसमा मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहयोगका लागि मन्त्रीको हैसियतले म सधैँ तयार छु,’ मन्त्री आलेले भने, ‘वेल्ड फिल्डका कुराहरू आएका छन्। यसमा विगतका मन्त्रीज्यूहरूको त्यसमा दोष हुन सक्छ। तपाईंहरूले गर्दा देश चिनिएको छ, तपाईंहरूको १० प्रतिशत रोयल्टीबाट १० प्रतिशत वेल्फेयरमा छुट्याउन किन सरकारले कन्जुस्याँइ गर्यो त ?’

मन्त्री आलेले नेपाल एयरलाइन्सलाई विगतदेखि नै खाने भाँडो बनाएको भन्दै सरकारको ध्वजाबाहक एयरलाइन्सभित्र रहेका फोहोर सफा गर्दा आफैँ हैरान बनेको बताए।