मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गोला तान्दै सर्वोच्च अदालतका न्यायाधीशहरु ।
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १५ बुधबार ११:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चमा पहिलोपटक गोलाप्रथाबाट पेसी तोकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १५ बुधबार ११:१४:००

सर्वोच्च अदालतमा पहिलोपटक गोलाप्रथाबाट पेसी तोकिएको छ। आज बुधबारका लागि गोलाप्रथामार्फत ११ इजलासमा दुई सय १७ मुद्दाको पेसी तोकिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । आजका लागि दुई एकल र नौ संयुक्त इजलास तोकिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कोरोना संक्रमित भएपछि प्रधानन्यायाधीशपछिका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा गोला प्रथामार्फत पेसी र इजलास तोकिएको हो। आज सबै प्रकृतिका मुद्दामा पेसी तोकिएको छ।

आजबाट नेपाल बार एसोसिएसनले समेत गोलाप्रथाको स्वागत गर्दै प्रधानन्यायाधीशसहितको इजलासमा बहस नगर्ने र अन्य न्यायाधीशको इजलासमा सबैखाले मुद्दामा बहस गर्ने निर्णय गरेको छ। यससँगै एक महिनाभन्दा बढी समयपछि सर्वोच्चमा सबै प्रकृतिका मुद्दामा सुनुवाइ सुचारु भएको छ।