१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १४ मंगलबार
  • Sunday, 11 May, 2025
२o७८ मङ्सिर १४ मंगलबार ११:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भीम रावल भन्छन्– मेरो उम्मेदवारी अध्यक्षमा हो, अन्य पदमा शपथ लिन्नँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १४ मंगलबार ११:५४:oo

नेकपा एमालेका नेता डा. भीम रावलले केन्द्रीय सदस्यमा नरहने स्पष्ट पारेका छन्। पार्टीको महाधिवेशनअन्तर्गतको मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै रावलले आफूले अध्यक्षबाहेकका पदमा उम्मेदवारी नदिएको स्पष्ट पारेका हुन्।

आयोगका पदाधिकारीलाई अध्यक्षका लागि मात्र आफ्नो उम्मेदवारी रहेको जानकारी गराए पनि आफ्नो नाम सदस्यमा पनि रहेको भन्दै उनले विजयी भए अध्यक्षका रूपमा मात्र शपथ लिने बताए। आठौँ महाधिवेशनमा पनि यही विषयमा विवाद भएको स्मरण गर्दै रावलले भने, ‘मैले जुन पदमा उम्मेदवारी दिएको छैन त्यसमा कसरी शपथ लिन्छु ! अहिले पनि मैले त्यसमा उम्मेदवारी दिएको छैन। अध्यक्ष पदमा विजय भए शपथ लिन्छु, अन्य पदमा मैले उम्मेदवारी दिएको छैन।’

निर्वाचनका क्रममा आचारसंहिताविपरीत समूहगत सूची बाँडिएको र त्यस्ता कार्य नगर्न आग्रह गर्नेहरूप्रति हातपात भएको विषयमा पनि रावलले आपत्ति जनाएका छन्।