मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर १३ सोमबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १३ सोमबार २१:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बारको निर्णय : धर्नालाई निरन्तरता, देशभरका अदालतमा गोला प्रणाली लागू गर्न माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १३ सोमबार २१:५७:oo

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै पाँचौँ चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सोमबार बसेको बार बैठकले आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक नगरी यसअघि जारी सर्वोच्च अदालतको मूलगेटमा प्रधानन्यायाधीशको प्रवेशलाई रोक्न गरिरहेको धर्ना कार्यक्रमलाई निरन्तरता दिने भएको हो।

बारकी उपाध्यक्ष रक्षा बस्यालका अनुसार बारले यसका साथै १५ मंसिरमा पेसी व्यवस्थापनमा लागू हुन लागेको गोला प्रणालीलाई यसअघि बारको सहमतिअनुसार देशभरका अदालतमा लागू गर्न माग गर्ने निर्णय गरेको छ। ‘बार बैठकले मंसिर १५ बाट पेसी व्यवस्थापनमा लागू हुन लागेको गोला प्रणालीलाई स्वागत गर्ने निर्णय गरेको छ। यसका साथै  यसअघि बारको सहमतिअनुसार देशभरका अदालतमा लागू गर्न माग गर्ने निर्णय गरेको छ,’ बस्यालले बार बैठकको निर्णयबारे नयाँ पत्रिकासँग भनिन्।

बारले गोला प्रणालीबाट पेसी व्यवस्थापनका क्रममा प्रधानन्यायाधीशलाई सहभागी नगराउन, सहभागी भएको अवस्थामा प्रधानन्यायाधीशसँगको इजलास बहिष्कार गर्न आग्रह गर्ने र प्रधानन्यायाधीशको इजलासमा कानुन व्यवसायीलाई बहस नगर्न आग्रह गर्ने निर्णय गरेको छ।