१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १३ सोमबार
  • Tuesday, 08 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १३ सोमबार १५:१७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जिल्ला अध्यक्ष छाडेका पोख्रेल किन अटेनन् केन्द्रीय सदस्यमा ? (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १३ सोमबार १५:१७:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सोमबार बिहान साढे ३ बजे केन्द्रीय कमिटीका सदस्यहरूको नाम प्रस्ताव गरे। उनले प्रस्ताव गरेका तीन सय एक सदस्यमा एमाले चितवनका पूर्वअध्यक्ष कृष्णभक्त पोख्रेल भने अटाएनन्।

अदालतको फौसलाले पार्टी ०७५ जेठ २ मा फर्किए पनि उनले तत्कालीन अवस्थामा जिल्ला अध्यक्ष पाएनन्। देशभरि नै एमालेको जिल्ला अध्यक्षमा एक मात्र महिला अध्यक्षका रूपमा पार्वती रावललाई अध्यक्ष बनाउने भनेपछि उनले त्यो निर्णयलाई सहर्ष स्वीकारेका थिए।

जिल्ला अध्यक्ष छाडे पनि उनको नाम केन्द्रीय सदस्यको सूचीमा प्रस्ताव भएन। पार्टी अध्यक्ष ओलीसँग राम्रो निकटता भए तापनि केन्द्रीय सदस्यमा आफू नपरेकोमा उनले अचम्म मानेका छन्। केही समय माधव नेपालतिर लागेकाले आफूलाई केन्द्रीय सदस्यको रूपमा प्रस्ताव नगरिएको उनको बुझाइ छ।

'अध्यक्षले रिस साँधेको त म ठान्दिनँ, मसँग राम्रै निकटता छ। तर, कहीँ न कहीँ हिजो म माधव कम्रेडतिर लागेको कारणले जिल्ला अध्यक्ष, केन्द्रीय सदस्यमा किन परिनँ अचम्म छु म।  मलाई आशा छ केही दिनमा उहाँहरूले मनोनीत निर्णय पनि गर्नुहोला। गर्नुभएन भने पनि म अगाडि बढ्छु,’ पोख्रेलले भने। गत पुसमा भएको संसद् विघटनपछि केही समय माधव नेपालतिर खुलेका पोख्रेल पछि अध्यक्ष ओलीकै पक्षमा एमालेमा रहेका थिए।

केन्द्रमा सम्मानजनक भूमिकाको आशा गरेका पोख्रेलले अध्यक्षले अधिवेशन हलभित्र पढेको नाममा गडगडाहट ताली बजिसकेपछि आफूले उम्मेदवारी दिनुको कुनै अर्थ नरहने र विजय प्राप्त गर्न पनि नसकिने भएकाले कुनै पदमा उम्मेदवारी नदिएको बताए। हलको म्यान्डेटभन्दा बाहिर जानुले कम्युनिस्ट आन्दोलनमा अगाडि बढ्न निकै गाह्रो हुने उनको बुझाइ छ।

‘बरु पर्खेर  धैर्ययतापूर्वक अगाडि बढ्दा, उमेर छ, दुईपटक सांसद भइसकिएको छु। अरू धैर्यता लिऊँ। कसो न्याय नहोला र ?’ पोखरेलले भने,  ‘कालो कुटलाई पनि अमृत मानेर पिउनुबाहेका अरू उपाय भएन अहिले, यतिखेर। मैले विद्रोही तवरबाट उम्मेदवारी दिन उपयुक्त ठानिनँ।’