मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १२ आइतबार १८:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भीमसेन मन्दिरको छानोमा झिँगटी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १२ आइतबार १८:१५:००

पुनर्निर्माणका क्रममा रहेको ललितपुर पाटन मंगलबजारस्थित भीमसेन मन्दिरको छानो छाउने कार्य सम्पन्न भएको छ। परम्पराग शैलीअनुसार नै झिँगटी प्रयोग गरेर मन्दिरको छानो छाउने कार्य सम्पन्न भएको हो।

शनिबार र आइतबार छानो छाएर सकिएको भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले जनाएको छ। ०७२ को भूकम्पले क्षति पुर्‍याएको उक्त मन्दिरको पहिलो र दोस्रो तल्लाको पुनर्निर्माण कार्य सकिएको छ। पहिलो तल्लाको थाम र चारकुनामा क्षति पुगेको थियो। दोस्रो तल्लाको छानोमा क्षति पुगेको थियो। त्यस्तै, मन्दिरको गजुर पनि मिलाइएको ललितपुर उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए।

महर्जनका अनुसार करिब दुई वर्षको हाराहारीमा मन्दिर पुर्निर्माण कार्य सकिन लागेको हो। सरकारी तवरबाट पुनर्निर्माण गर्दा विवाद उत्पन्न भएपछि स्थानीयको रोहवरमा समिति गठन गरेर पुनर्निर्माण सुरु गरिएको थियो। व्यवसायी–व्यापारीले बढी आस्था राख्ने देवताका रूपमा भीमसेन देवतालाई लिइन्छ।