बन्दसत्र साँझ ७ बजेबाट सुरु हुने, ओलीलाई भेट्न होटेलमा नेताहरूको भिड

आइतबार, १२ मंसिर, २०७८
डिजिटल संस्करण

नेकपा एमालेको दशौँ महाधिवेशनको तेस्रो दिनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। आज मनोनयन दर्ता गराउने कार्यसूची रहे पनि सर्वसम्मत नेतृत्वको खोजी गर्दा बन्दसत्र सुरु हुन नसकेको हो। बन्दसत्र बिहान १० बजेबाट सुरु हुने भनिएको थियो। साँझ ७ बजेबाट बन्द सत्र सुरु गोकुल बाँस्कोटाले बताए।

अध्यक्षमा भीम रावलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङ आकांक्षी छन्। यस्तै महासचिवमा शंकर पोखरेल, विष्णु पौडेल आकांक्षी छन्। महाधिवेशनमा नेतृत्वमा सर्वसम्मत नाम प्रस्ताव गर्न अध्यक्ष केपी ओलीलाई सकस परेको छ। 
 
अध्यक्ष ओली बसेको होटेल सफारीमा नेताहरू पटकपटक छलफलमा जुटिरहेका छन्। अहिले महासचिव ईश्वर पोखरेललगायतका नेताहरूसँग ओलीले छलफल गरिरहेका छन्। ओली बसेको होटेलमा उनलाई भेट्न आउने नेताहरूको बाक्लो भिड पनि छ। तर, लामो प्रतीक्षापछि पनि कतिपय नेताहरूले ओलीसँग भेट्न पाएका छैनन्।
 

सुझावित समाचार