मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७८ मङ्सिर १२ आइतबार ०७:४२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

जोखिम भत्ता नपाएपछि स्वास्थ्यकर्मी आन्दोलित

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १२ आइतबार ०७:४२:००

कोरोना महामारीका वेला बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । तर, त्यसवेला संक्रमणको प्रवाह नगरी खटिए पनि अहिलेसम्म जोखिम भत्ता नपाएको भन्दै मकवानपुरको मनहरी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित भएका हुन् ।

स्वास्थ्यकर्मी र सफाइ कर्मचारीले कोरोनाकालमा काम गरेबापत संघीय सरकारले गाउँपालिकामार्फत उपलब्ध गराउने भनिएको जोखिम भत्ता नपाएपछि आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् । अस्पतालमा कार्यरत दुई डाक्टरसहित १९ जना स्वास्थ्यकर्मी र सफाइ कर्मचारी १० मंसिरदेखि आन्दोलित भएका हुन् ।