नेकपा एमालेको दसौँ महाधिवेशनमा पार्टीका केन्द्रीय सदस्य टंक कार्कीले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
कार्की वि.सं २०३६ सालको विद्यार्थी आन्दोलनमा तत्कालिन मालेनिकटको अनेरास्ववीयुका अध्यक्ष थिए। उनी नेकपा एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। कार्की चीनका लागि नेपाली राजदूतसमेत भइसकेका छन्। उनी एमालेभित्रका वैचारिक धारका नेता मानिन्छन्।