मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ११ शनिबार
  • Sunday, 13 July, 2025
२o७८ मङ्सिर ११ शनिबार १५:२९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कोरोनाको नयाँ भेरियन्टका कारण बेलायतद्वारा ६ मुलुकसँगको उडान बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ११ शनिबार १५:२९:oo

बेलायतले कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको समाचार सार्वजनिक भएसँगै विभिन्न ६ मुलुकसँगको हवाई सेवा बन्द गरेको छ । शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई खतरापूर्ण मुलुकको सूचीमा राखेर आवतजावत बन्द गर्ने निर्णय गरिएको बेलायतका स्वास्थ्यमन्त्री साजिद जाबेदले जानकारी दिए । 

ओमिक्रोन नाम दिइएको नयाँ भेरियन्टको कोरोना भाइरस भेटिएको पुष्टि भएका र भेटिन सक्ने खतरा रहेका देशहरूबाट हुने उडान बेलायतमा प्रतिबन्ध लगाइएको हो । नयाँ भाइरस आफ्नो देशमा नभित्रियोस् भन्ने उद्देश्यले बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटिटीसँगका सबै उडान स्थगित गरेको हो ।

अधिकारीहरूका अनुसार अहिलेसम्म सो नयाँ भाइरस दक्षिण अफ्रिका, हङकङ र बोत्स्वाना गरी तीन देशमा कुल ५९ जनामा पुष्टि भएको छ। अहिलेसम्म पुष्टि भएकामध्ये सबैभन्दा खतरापूर्ण भाइरस भएकाले र अहिलेकाे खोपले पनि काम गर्न नसक्ने भएकाले वेलैमा उच्च सतर्कता अपनाउनुपरेको अधिकारीहरूको भनाइ छ। 

त्यसैगरी, पछिल्लो १० दिनभित्र ती देशमा गएर फर्किएका यात्रुलाई पनि बेलायत प्रवेशमा रोक लगाइएको छ। तर, बेलायती नागरिकलाई भने उच्च सतर्कताका साथ परीक्षण गराएर क्वारेन्टिनमा राखेर मात्रै गन्तव्यमा जान पाउने व्यवस्था गरिएको छ। रासस/सिन्ह्वा