मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर १० शुक्रबार
  • Friday, 28 August, 2026
२o७८ मङ्सिर १० शुक्रबार १७:४o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

एसिया प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बन्द गर्न अमेरिकालाई चीनको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर १० शुक्रबार १७:४o:oo

चीनले अमेरिकी पक्षलाई एसिया–प्रशान्त क्षेत्रमा जासुसी, हस्तक्षेप, उत्तेजना र बल प्रदर्शनलगायतका कार्यहरू बन्द गर्न आग्रह गरेको छ। चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल वू छियानले युएसएस कनेक्टिकट आणविक पनडुब्बी झडपसम्बन्धी  अधिकारीहरूलाई जवाफदेही बनाउन टकराव कम गर्न र अमेरिकी सेनाको कारबाहीबारे पत्रकार सम्मेलनमा सोधिएको आधिकारिक प्रतिक्रियाका रूपमा उक्त टिप्पणी गरेका हुन्।

वूले  भने, 'टकराव भएको वेलादेखि, अमेरिकी पक्षको अप्ठ्यारो र गोप्य मनोवृत्तिले अन्तर्राष्ट्रिय समुदायमा अनिवार्य रूपमा शंका उत्पन्न गरेको छ। अमेरिकी पक्षले तीनवटा प्रश्नको स्पष्ट जवाफ दिनुपर्छ। पहिलो, अमेरिकी पनडुब्बीको नेभिगेसनको उद्देश्य के हो ? दोस्रो, टक्करको सही स्थान के हो ? अन्तमा, यसले आणविक चुहावट वा समुद्री वातावरणीय प्रदूषण निम्त्यायो कि निम्त्याएन ?' आधिकारिक चिनियाँ सैन्य समाचार मिडिया केन्द्रले उल्लेख गरेको छ।

चीनले यस घटनाको मूल कारण एसिया–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य जहाजहरूद्वारा गरिएको व्यापक र उच्च–तीव्रताको नजिकको जासुसी, हस्तक्षेप, उक्साहट र बल प्रदर्शनका साथै अमेरिकी सैन्यकरण हो भन्ने विश्वास गरेको वूले टिप्पणी गरेका छन्। 'हामी अमेरिकी पक्षलाई त्यस्ता गतिविधिहरू तुरुन्तै बन्द गर्न आग्रह गर्दछौँ, ताकि पर्खालमा आफ्नो टाउको नठोकियोस्' वुले भने।
 
ताइवानको एयर डिफेन्स इन्टिग्रेसन जोन (एडिआइजेड)मा चिनियाँ सेनाको घुसपैठलाई लिएर अमेरिका र चीनबीच बढ्दो तनावको बीचमा यो दुर्घटना भएको हो। अमेरिका र उसका सहयोगीहरूले क्यारियर स्ट्राइक ग्रुप–२१ भनेर चिनिने यस क्षेत्रमा बलको एक प्रमुख बहुराष्ट्रिय प्रदर्शन गरिरहँदा कनेक्टिकट दक्षिण चीन सागरको वरपरको पानीमा सक्रिय रहेको सञ्चारमाध्यमहरूले जनाएका छन्। रासस/एएनआई