मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ८ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर ८ बुधबार १९:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीले महाधिवेशनका वेला प्रतिनिधिलाई दिने तय भएको रात्रिभोज स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर ८ बुधबार १९:५३:oo

एमालेको दशौँ महाधिवेशनका क्रममा अध्यक्ष केपी ओलीले प्रतिनिधिहरूलाई दिने भनिएको रात्रिभोज नहुने भएको छ । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावलले रात्रिभोज दिने विषयमा आपत्ति जनाएपछि स्थगित गरिएको हो । यसअघि ओलीले महाधिवेशनको बन्द सत्र सुरु भएपछि ११ मंसिरको राति चितवनको सौराहास्थित एक होटेलमा रात्रिभोज दिने कार्यक्रम तय भएको थियो ।

मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलले आपत्ति जनाएका थिए । स्रोतका अनुसार उनले महाधिवेशनको निर्वाचन प्रक्रियाको वेलामा एकजना व्यक्तिले मतदाता प्रतिनिधिलाई भोज दिनु उचित नहुने भनेर आपत्ति जनाएका थिए । 

‘महाविधेशनस्थलमा रात्रिभोज दिने भन्ने कार्यतालिका बनाइएको छ ।  जसले भोज दिन खोजेको हो उसैको प्रतिस्पर्धी पनि त्यहाँ छन् भन्ने कुराको हेक्का राख्नुपर्यो । प्रतिनिधिलाई फकाउन त्यसो गर्न मिल्दैन,’ स्थायी कमिटी बैठकमा रावलले बोलेको विषय उद्धृत गर्दै एक नेताले नयाँ पत्रिकासँग भने । त्यसपछि महाधिवेशनको कार्यतालिका सूचीबाट नै रात्रिभोजको कार्यक्रमलाई हटाइएको छ ।