मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ८ बुधबार
  • Wednesday, 12 March, 2025
हदिश खुद्दार जनकपुरधाम
२o७८ मङ्सिर ८ बुधबार १२:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चुनावपछि एमाले बिचरा, बेहाल र बिजोग अवस्थामा पुग्छ : माधवकुमार नेपाल 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७८ मङ्सिर ८ बुधबार १२:१४:oo

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावपश्चात् नेकपा एमाले बिचरा, बेहाल र बिजोग अवस्थामा पुग्ने दाबी गरेका छन्। बुधबार बिहान जनकपुरधामस्थित पार्टी कार्यालय उद्घाटनको क्रममा अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन्। 

उनले  भने, ‘हामीलाई कमजोर भन्ने ओली अहिले हाम्रो शक्ति देखेर आत्तिएका छन्, छटपटिएर अन्टसन्ट बोलेका बाेल्यै छन्। गालीगलौजमा उत्रेका छन् । तर, हामीलाई त्यसले कुनै फरक पर्दैैन।’ एमालेभन्दा आफूहरू बलियो अवस्थामा रहेका दाबी गर्दै उनले भने, ‘सातमध्ये दुई प्रदेशमा हाम्रो मुख्यमन्त्री छन्, कर्णाली प्रदेशमा ओलीलाई उठ्नै नसक्ने गरी धुलो चटाइदिए। राष्ट्रिय सभाको उपनिर्वाचनमा बागमती प्रदेशमा हाम्रै सदस्यले जित्यो। हामीकहाँ कमजोर छौँ ? बरु चुनावपश्चात् एमाले बिचरा, बेहाल र बिजोग अवस्थामा पुग्छ।’ 

अध्यक्ष नेपालले सूर्यमा ग्रहण लागेको र अब सत्य र न्यायको पक्षमा कलम चम्किने पनि दाबी गरेका छन्। ओलीको दम्भ र अहंकारले सूर्यमा ग्रहण लागेकाले अब सत्य र न्यायका लागि जनता कलमसँग जोडिएको उनको भनाइ छ। 

सञ्चारकर्मीको एक प्रश्नमा अध्यक्ष नेपालले प्रदेश २ को नाम र राजधानीको विषयमा पार्टीभित्र अहिले छलफल नभएकाले निकट भविष्यमै यस विषयमा पार्टीले धारणा बनाउने  पनि बताए।