मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ मङ्सिर ७ मंगलबार १०:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चुरे क्षेत्रमा गाँजा फँडानी

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ७ मंगलबार १०:३५:००

सिराहाको उत्तरी क्षेत्रमा पर्ने लहान नगरपालिका– १६ तरेगना गोविन्दपुरको चुरे जंगल क्षेत्रनजिकै प्रहरीले मंगलबार बिहान करिब आठ सय बोट गाँजाको बोट फँडानी गरी नष्ट गरेको छ । 

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक डा. तपनकुमार दाहालका अनुसार नेपाल प्रहरी र लहानस्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्पबाट गएको संयुक्त टोलीले उदयपुरसँग सीमा जोडिएको चुरे जंगल क्षेत्रमा पर्ने दरदमार र कपिलेश्वर क्षेत्रबाट आठ सय गाँजाको बोट फँडानी गरेको हो । विशेष सूचनाको आधारमा मंगलबार बिहान करिब ६ बजेतिरै  चुरे क्षेत्र पुगेको प्रहरी टोलीले गाँजा फँडानी गरेको भए पनि कसैलाई पनि पक्राउ नगरिएको प्रहरी नायव उपरीक्षक डा. दाहालले बताए । 

त्यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले आइतबार सिराहाको नरहा गाउँपालिका– २ पानबारी क्षेत्रमा अवैध रूपले लगाएको करिब दुई हजार बोट गाँजा फँडानी गरेको सिराहा प्रहरीले जनाएको छ । करिब एक बिघा जग्गामा अवैध रूपले लगाएको गाँजा सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनीबाट खटिएको एस्कावाड टोलीको विशेष सूचनाका आधारमा फँडानी गरी नष्ट गरिएको हो ।

स्थानीय किसानले प्रहरीलाई झुक्याउन उखु, रहर, तरकारी खेती गरेर त्यसको बीचभागमा गाँजा लगाउने गरेको पाइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार कतिपयले करेसाबारी तथा आँगनमा समेत गाँजाको बिरुवा लगाउने गरेका छन् ।