१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ७ मंगलबार
  • Saturday, 28 September, 2024
करण ताम्राकार डडेल्धुरा
२o७८ मङ्सिर ७ मंगलबार o७:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डडेल्धुरा कांग्रेसको सभापतिमा भीमबहादुर साउद विजयी        

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
नयाँ पत्रिका
२o७८ मङ्सिर ७ मंगलबार o७:५३:oo

प्रधानमन्त्री  तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला सभापतिमा भीमबहादुर साउद विजयी भएका छन् । कांग्रेसको सातौँ जिल्ला अधिवेशनबाट सभापतिका प्रत्याशी चूडामणि ठकुराठीलाई पराजित गर्दै परशुराम नगरपालिकाका मेयरसमेत रहेका साउद विजयी भएका हुन् । साउदले सात सय ३४ मत पाए भने ठकुराठीले ७६ मत पाए । 

यस्तै, सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् ।उपसभापतिमा लक्ष्मीप्रसाद अवस्थी र डिल्लीराज जोशी, सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा सोमबार नै सर्वसम्मत भइसकेका थिए ।