मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ मङ्सिर ६ सोमबार १३:१४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस लमजुङको सभापतिमा टकराज र गमप्रसादबीच प्रतिस्पर्धा 

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर ६ सोमबार १३:१४:००

नेपाली कांग्रेस लमजुङको सभापतिका लागि दुईजनाबीच चुनावी प्रतिस्पर्धा हुँदै छ। आज हुने जिल्ला अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका प्रदेश ‘क’ क्षेत्रका टकराज गुरुङ र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका प्रदेश ‘ख’ का गमप्रसाद गुरुङ चुनावी मैदानमा होमिएका छन्। 

टकराज गुरुङको टिमबाट उपभापतिका लागि लोकनाथ घिमिरे र श्रीकान्त घिमिरेले उम्मेदवारी दिएका छन् भने  गमप्रसाद गुरुङको टिमबाट आनन्द घिमिरे र खड्गबहादुर गुरुङले उम्मेदवारी दिएका छन्। टकराजको टिमबाट सचिवमा नवीनचन्द्र घिमिरे र कृष्णबहादुर अधिकारीले उम्मेदवारी दिएका छन्। गमप्रसादको टिमबाट विमल श्रेष्ठ र राजकुमार पाण्डेले सचिव पदमा उम्मेदवारी दिएका छन् । उपसचिवमा टकराजको टिमबाट मदनसिंह घिमिरे र विश्व पौडेलले उम्मेदवारी दिएका छन्। गमप्रसाद समूहबाट सूर्यकला बराल (कोइराला) र नरबहादुर गुरुङले उम्मेदवारी दिएका छन्।  

कांग्रेसको जिल्ला अधिवेशनबाट सभापति एक, उपसभाति दुई, सचिव दुई, सहसचिव दुई, सदस्यहरू गाउँपालिकाबाट एक महिलासहित दुईजना, प्रत्येक नगरपालिकाबाट एक महिलासहित तीनजना निर्वाचित हुने नेपाली कांग्रेस जिल्ला निर्वाचन अधिकृत थानेश्वर दवाडीले बताए। यस्तै, समानुपातिक सदस्यहरू आदिवासी जनजाति महिला तीन, आदिवासी जनजाति खुला चार, खस आर्य महिला दुई, खस आर्य खुला दुई, दलित महिला एक, दलित खुलाबाट एकजना निर्वाचित हुने कांग्रेस जिल्ला निर्वाचन अधिकृत दवाडीले बताए। यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधितर्फ प्रत्यक्ष खुला १०, प्रत्यक्ष महिलातर्फ चार, खस आर्य महिला एक, खस आर्य खुला दुई, आदिवासी जनजाति महिला दुई, आदिवासी जनजाति खुला तीन, दलित महिला एक, दलित खुला एक, अपांगता भएका व्यक्ति एक, मधेसी वा थारू वा मुस्लिम वा अल्पसंख्यक वा अपांगता भएका  एकजना निर्वाचित हुनेछन्। लमजुङमा केन्द्रीय तालिकाअनुसार यसअघि शुक्रबार प्रदेश ‘क’ क्षेत्र र प्रदेश ‘ख’ क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको छ। जसमध्ये प्रदेश ‘क’ मा देउवा पक्ष हाबी रहेको छ भने प्रदेश ‘ख’ क्षेत्रमा पौडेल पक्षको वर्चस्व रहेको छ।